Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

गर्मीमा जुस कि दही ? 

गर्मीमा जुस कि दही ? 

  • 1.4K
    SHARES
  • गर्मीमा जुस कि दही ? 

    काठमाडौं । हामीमध्ये कतिलाई धरमै तयार भएका स्वादिष्ट परिकारबारे थाहा नहुन सक्छ । यसमध्ये दहीको फाइदाबारे पनि हामी अनविज्ञ हुनसक्छौं ।

    हामी घरबाट बाहिर निस्कँदा प्रायः कोक, फेन्टा, लस्सी र विभिन्न प्रकारका बोत्तलबन्द जुस र पेय पदार्थ पिउने गर्छौं । तर त्यसले हाम्रो शरीरमा फाइदा पुर्याइरहेको हुन्छ त ? यसबारे हामीमध्ये कमैले मात्र ध्यान दिएका हुन्छौं ।

    घरमा नै उत्पादन गरिएको या बजारबाट किनेर ल्याएको दही गर्मीमा उपभोगका लागि फाइदाजनक छ । परापूर्वककालदेखि नै नेपाली समाजमा दहीको प्रयोग उल्लेख्य मात्रामा हुँदै आएको पाइन्छ । दूध जमाएर हामीले घरमै पनि दही उत्पादन गर्नसक्छौं । तर सर्वसुलभ भएकाले बजारबाटै पनि किनेर यसको उपयोग गर्नसक्छौं । दहीलाई हामी मही बनाएर पिउन पनि सक्छौं । स्वास्थ्यविज्ञकाअनुसार गर्मीलाई शित्तल गर्न र शरीरमा पौष्टिक तत्वको परिपूर्तिका लागि दही हितकारी मानिन्छ । 

    आज हामी उही दहीका फाइदाबारे चर्चा गर्नेर्छौं । 
     
    -दहीको प्रयोग प्रायः सबै घरमा हुन्छ । तर धेरै जना दहीका फाइदाबारे अनविज्ञ रहेको पाइन्छ । दहीमा धेरै प्रकारका पौष्टिक तत्व पाइन्छन् जसले शरीरलाई फाइदा पुग्छ । दहीमा क्याल्सियम, प्रोटिन, भिटामिन, आइरन, फस्फोरस पाइन्छ । दुधको दाँजोमा दहीले स्वास्थ्यलाई फाइदा गर्छ ।
     
    -दहीमा पर्याप्त मात्रामा क्याल्सियम पाइन्छ । यसले हड्हीलाई बलियो बनाउँछ । दहीले दाँतलाई पनि बलियो बनाउँछ । दहीले ओस्टियोपोरोसिस (जोर्नीको दुखाइ) जस्तो रोगसँग लड्न मद्दत गर्छ ।

    -दहीले पेटलाई पनि फाइदा गर्छ । दहीमा ज्वानाे मिसाएर खाँदा कब्जियतको समस्याबाट छुटकरा पाइन्छ ।

    -उकालो चढ्दा हुने (लु ) बाट जोगिन दहीको प्रगोग गर्न सकिन्छ । लु लागेको समय दही खानुपर्छ ।

    -दहीले पाचन शक्तिलाई बढाउनुका साथै भोक पनि लगाउँछ ।

    -रुघाखोकीको कारणले श्वासनलीमा संक्रमण हुन्छ । यस संक्रमणबाट बच्न दहीको प्रयोग गर्न सकिन्छ ।

    -अनुहारको छालालाई चम्किलो बनाउन दहीको प्रयोग गर्नु उत्तम हुन्छ । दहीले अनुहारमा मसाज गर्दा ब्लीचको काम गर्छ ।

    -दहीको प्रयोग हामीले कपालमा पनि गर्न सक्छौं । यसले बजारमा बनेका विभिन्न हेयर कन्डिसनरको भन्दा राम्रो काम गर्छ ।

    -दहीको नियमित सेवनले कोलेस्ट्रोललाई कम गर्छ ।

    -छालामा हुने सुख्खापन हटाउनका लागि पनि दही उपयुक्त हुन्छ । जैतुन (ओलिभ आयल) को तेलमा कागतीको रस र दहीलाई मिसाएर अनुहारमा लगाउँदा सुख्खापनबाट छुटकारा पाइन्छ ।

    -गर्मीयाममा दही र दहीबाट बनेको महीको धेरै प्रयोग हुन्छ । मही र लस्सिले पेटको गर्मीलाई निर्मूल गर्छ । दहीको नियमित सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij