Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सीइडीबी हाइड्रोको आइपीओ भोलिदेखि खुला 

सीइडीबी हाइड्रोको आइपीओ भोलिदेखि खुला 

  • 1.0K
    SHARES
  • सीइडीबी हाइड्रोको आइपीओ भोलिदेखि खुला 

    काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण शेयर आइपीओ भोलिदेखि निष्काशन खुला हुने भएको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्काशन खुला गर्न लागिएको हो । 

    images

    सो मध्ये कम्पनीले २५ अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारी र ५५ ले हुने १ लाख २५ हजार ९११ कित्ता शेयर म्युचुअल फन्डलाई छुट्याएको छ ।बाँकी २३ लाख ४१ हजार ९ सय ५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

    पछिल्लो समय आइपीओमा १७ लाख जनाभन्दा बढीले आवेदन दिन थालेका छन् । सर्वसाधारणका लागि निष्काशन खुला भएको २३ लाख ४१ हजार ९ सय ५४ कित्तालाई आधार मान्दा २ लाख ३४ हजार १ सय ९१ जनालाई १० कित्ता र ४ जनालाई ११ कित्ता शेयर पर्नेछ । त्यसकारण बढीमा २० कित्ता मात्रै आवेदन दिनु उपयुक्त देखिन्छ । 

    कम्पनीको साधारण शेयरको निष्काशन तथा बिक्रीको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले वैशाख १७ गतेदेखि सि-आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत अनलाइनबाट साधारण शेयरमा लगानीका लागि आवेदन दिन सक्नेछन् ।

    उक्त सीइडीबीको साधारण शेयर निष्काशन बन्द छिटोमा वैशाख २१ गते हुनेछ ।

  • सम्बन्धित विषय:

  • # शेयर

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology