Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

अन्तरिक्ष स्टेसन बनाउन चीनको पहिलो रकेट प्रक्षेपण 

अन्तरिक्ष स्टेसन बनाउन चीनको पहिलो रकेट प्रक्षेपण 

  • 103
    SHARES
  • अन्तरिक्ष स्टेसन बनाउन चीनको पहिलो रकेट प्रक्षेपण 

    बेइजिङ । चीनले अन्तरिक्षमा अमेरिकासँग प्रतिस्पर्धा गर्न बिहीबार आफ्नै अन्तरिक्ष स्टेसनको पहिलो कोर क्याप्सुल मोड्युल सुरू गरेको छ । आउँदो दिनमा, बाँकी स्पेस स्टेसनहरू पनि यस्तै सुरूवातमार्फत अन्तरिक्षमा पुर्‍याइनेछ । चीनले सन् २०२२ सम्ममा आफ्नै नयाँ अन्तरिक्ष स्टेसन सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

    यस वर्षको अन्त्यदेखि चीनले आफ्नो पहिलो स्वदेशी स्टेसन खोल्ने योजना बनाएको थियो । हालसम्म केवल रूस र अमेरिकाको आफ्नै स्पेस स्टेसन रहेका छन् । तर अहिले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष स्टेसन सक्रिय छ । 

    चीनले वेन्चांग स्पेस लन्च सेन्टरबाट लंग मार्च ५ बी रकेटमार्फत अन्तरिक्ष स्टेसनको कोर क्याप्सुल अन्तरिक्षमा प्रक्षेपण गरेको हो । लंग मार्च ५ बीको दोस्रो उडान थियो ।

    चाइना एकेडेमी अफ स्पेस टेक्नोलोजी (सीएएसटी) का अन्तरिक्षका प्रमुख डिजाइनर बाई लिनहौले भने, तियांहे मोड्युलले स्पेस स्टेसन तियानगोङको व्यवस्थापन र नियन्त्रण केन्द्रको रूपमा काम गर्ने छ र सँगै तीन अन्तरिक्षयानको निर्माण गर्ने सुविधा रहेको छ । तियांहे अन्तरिक्षमा १० वर्षसम्म सञ्चालनमा रहनेछ । 

    सन् २००३ मा चीनले आफ्नो पहिलो अन्तरिक्षयात्री पठाएको थियो । अमेरिका र तत्कालिन सोभियत संघपछि अन्तरिक्षमा जाने चीन तेस्रो देश हो । 

  • सम्बन्धित विषय:

  • # चीन

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology