Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

धापासीमा कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

धापासीमा कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

  • 468
    SHARES
  • धापासीमा कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

    काठमाडौं । काठमाडौंको टोखा नगरपालीका-६ धापासी डाँफे कोलनी नजिकै कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा स्थानीय प्रियान्स उप्रेती रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    हिजो दिउँसो ३ बजे प्रदेश १ - ०२१ च २९५६ नम्बरको कारले प्रदेश २ - ०३५ प ०५२० नम्बरको स्कुटरलाई ठक्कर दिंदा पछाडी सवार बालक गम्भीर घाइते भएका थिए । कार सहित चालकलाई प्रहरी वृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij