Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

राकेश हत्याको ३३ दिन : दोषी सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध

राकेश हत्याको ३३ दिन : दोषी सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध

  • 288
    SHARES
  • राकेश हत्याको ३३ दिन : दोषी सार्वजनिक गर्न माग गर्दै सडक अवरुद्ध

    बारा । जीतपुरसिमरा उपमहानगरपालिका–६ निवासी राकेशभक्त पौडेलको हत्या भएको बुधबार ठक्कै ३३ दिन पूरा भएको छ । एक महिना पूरा भइसक्दा पनि प्रहरीले हत्यारा पक्रन नसकेको भन्दै पीडित परिवारले दबाब दिने उदेश्यले सडक अवरुद्ध गरेका छन् । 

    images

    हत्याको ३३ दिन बितिसक्दा पनि अपराधी खुलमखुला हिडिरहेको भन्दै पीडित परिवारसहितका स्थानीयले वडा नम्बर ७ जीतपुरस्थित दुर्गा मन्दिर अगाडिको सडकमा चक्काजाम गरेका हुन् । घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीलाई कानुनअनुसार सजायको माग गर्दै स्थानीयवासी स्वतस्र्फुत सडकमा उत्रिएको मृतक राकेशभक्त पौडेलका माइला दाई राजेशभक्त पौडेलले बताए ।

    जीतपुरसिमरा उपमहानगरपालिकाؘ–६ का मृतक राकेशभक्त पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि २० जेठ बिहान भेटिएको थियो । वडा नम्बर ६ र वडा नम्बर ३ को सीमानामा पर्ने शिव मन्दिर अगाडि सडक छेउमा मृतकको पर्स भेटिएको हो ।

    २९ वैशाख मध्य राति स्थानीय चित्रबहादुर केसीको घरमा ३८ वर्षीय राकेशभक्त पौडेलको हत्या भएको थियो । पौडेलको टाउकोको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो चोट लागेको थियो । हात र शरीरको अन्य भागमा पनि चोटपटक लागेको मृतकका जेठा दाइ केदारभक्त पौडेलले बताए ।

    प्रहरीले घटनाको ९औं दिनमा सुरुमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थालेपछि तिनकै बयानको आधारमा थप पाँच जनालाई पक्राउ गरेको थियो । त्यसपछि अन्य सात जनालाई पक्राउ गरेको थियो । 

    प्रहरीले जीतपुरसिमरा उपहमानगरपालिका-६ का चित्रबहादुर खत्री, १६ वर्षीया एक किशोरी, वडा नम्बर ३ का चित्रबहादुरका भतिज खगेन्द्र थापा, उनकै ज्वाई सन्तोष खत्री, उद्धव अधिकारी, वडा नम्बर २ का केबी भनिने खगेन्द्र रिजाल र पछि पक्राउ पर्ने अन्यमा वडा नम्बर ६ कै युवकहरू सन्दिप थापा, सुजन लामा, मसिने मगर, सन्त बछार, सुदीप घिमिरे, राजु अधिकारी र अर्जुन चिमोरिया छ । पक्राउ परेका १३ जनामाथि अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

    यसअघि मृतकका परिवारले हत्या सुनियोजित भएकाले निश्पक्ष अनुसन्धान गरी न्याय दिन माग गर्दै २० जेठमा चक्का जाम गरेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology