Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

उपत्यकाबाट आज पनि छुट्दैछन् नाइट बस 

उपत्यकाबाट आज पनि छुट्दैछन् नाइट बस 

  • 1.2K
    SHARES
  • उपत्यकाबाट आज पनि छुट्दैछन् नाइट बस 

    काठमाडौं । निषेधाज्ञा सुरु हुनुअघि काठमाडौंबाट घर फर्कन नपाएका यात्रुहरु आज (बिहीबार) पनि जान सक्ने भएका छन् ।   

    काठमाडौं उपत्यकाबाट देशका विभिन्न जिल्लामा जानका लागि बुधबार धेरै संख्यामा यात्रुहरु गोंगबुस्थित नयाँ बसपार्क पुगे पनि गन्तव्यका लागि बस नपाएका कारण उनीहरु काठमाडौंमा नै रहन बाध्य भएका थिए । निषेधाज्ञा सुरूहुनुअघि घर फर्कन दुईदिनकाे समय प्रशासनले दिएकाे थियाे । यात्रुकाे चाप अत्यधिक भएकाे र सवारी साधन कम भएकाले धेरै यात्रु जान पाएका थिएनन् । 

    ‘हिजो बसपार्क पुगेर पनि बस नपाएका यात्रुहरु ओसार्नका लागि विभिन्न जिल्लाबाट बसहरु काठमाडौं आएका छन् । आज राति ती बसहरु विभिन्न गन्तव्यका लागि छुट्दै छन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकृतले वेबटिभी खबरसँग भने, ‘निषेधाज्ञा भए पनि जनस्तरबाट अत्यधिक माग भएपछि कडाइ गर्न हामीलाई पनि समस्या छ ।’

    काठमाडौं उपत्यकाका तीन जिल्ला ललितपुर, काठमाडौं र भक्तपुरमा निषेधाज्ञा भए पनि उपत्यका बाहिर निषेधाज्ञा नरहेकाले नागढुंगा नाका भएर उपत्यकाबाट विभिन्न जिल्लाका लागि बस छुट्ने भएका हुन् ।

    ‘आज राति ५० देखि ८० वटा बसहरु पुर्वमा काँकडभिट्टा, ताप्लेजुङ र पश्चिममा धनगढी, महेन्द्रनगरका लागि छुट्ने बुझिएको छ,’ महाशाखाका ती अधिकृतले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij