Logo

२०७८, बैशाख ३१ गते शुक्रवार

२०७८, बैशाख ३१ गते शुक्रवार

अक्सिजन किनेर जनतालाई बाँड्न कंगनालाई राखीको सुझाव 

अक्सिजन किनेर जनतालाई बाँड्न कंगनालाई राखीको सुझाव 

  • 91
    SHARES
  • अक्सिजन किनेर जनतालाई बाँड्न कंगनालाई राखीको सुझाव 

    मुम्बई । कोरोना भाइरसको दोस्रो लहरले भारत पूर्ण रुपमा प्रभावित भएको छ । संक्रमित र मृत्यु हुनेको ग्राफ लगातार उक्लिरहेकाले स्वास्थ्य प्रणाली धरमराएको छ । मानिसहरु अक्सिजन, बेड, औषधि नपाएर छटपटिइरहेका छन् । यस्तो अवस्थामा बलिउडका सोनु सुद, अक्षय कुमार, अजय देवगनजस्ता कलाकार अगाडि सरेर सहयोग गरिरहेका छन् । 

    यही क्रममा हरेक मुद्दामा तुरुन्तै प्रतिक्रिया दिइहाल्ने अभिनेत्री कंगना रनावतलाई अर्की अभिनेत्री राखी सावन्तले विशेष सुझाव दिएकी छन् । राखीले कंगनासँग करोडौं रुपैयाँ छ, उनले यस्तो मुस्किल अवस्थामा देश तथा जनताको सेवा गर्नु आवश्यक रहेको बताएकी छन् ।

    कंगनाले भारतको अवस्था नाजुक रहेको, अक्सिजन अभाव भएको बारे केही समय अगाडि बोलेकी थिइन् ।

    मुम्बईमा फोटोग्राफरले राखीलाई कंगनाको भनाइबारे प्रश्न गरेपछि उनले उत्तरमा भनिन् ‘अक्सिजन पाउनु भएको छैन ? ओह हो, कंगना जी, कृपया तपाई देशको सेवा गर्नुहोस् । यति धेरै करोड रूपैयाँ तपाईसँगै छन् । अक्सिजन किन्नुहोस् र यसलाई जनतामा वितरण गर्नुहोस् ।’राखीले भनेको यो भिडियो सोशल मीडियामा पनि भाइरल भइरहेको छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology