Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कान्छो श्रीमानसँग बस्न नपाएपछि आत्महत्याको प्रयास

कान्छो श्रीमानसँग बस्न नपाएपछि आत्महत्याको प्रयास

  • 466
    SHARES
  • कान्छो श्रीमानसँग बस्न नपाएपछि आत्महत्याको प्रयास

    काठमाडौं । कान्छाे श्रीमानसँग बस्न नपाएपछि एक महिलाले बुधबार साँझ बाग्मती नदिमा हाम फालेर आत्महत्याको प्रयास गरेकी छिन् ।

    बुधबार ललितपुरको शंखमुल पुलबाट बाग्मती नदीमा हाम फालेकी लक्ष्मी जिरेल माझीकाे ज्यान उनकै श्रीमान जितेन्द्र माझीले बचाएका छन् । आफू कान्छो श्रीमानसँग बस्न चाहेको तर जेठो श्रीमानले बस्न नदिएको भन्दै काभ्रेकी ३५ वर्षीया माझीले बुधबार साँझ शंखमुल पुलबाट हाम फालेर आत्महत्याको प्रयास गरेकी थिइन् ।

    श्रीमती माझीले तीन वटा छोरा कान्छो श्रीमानको भएको भन्दै आफू कान्छो श्रीमानसँग बस्न चाहेको बताइन् । तर उनका श्रीमान माझीले ५ वटै छोरा आफ्नो भएको दाबी गरे ।

    उनका श्रीमान जितेन्द्र माझी कोटेश्वरमा फर्निचर व्यवसाय गरेर २० वर्षदेखि बसिरहेका छन् । कान्छो श्रीमानसँग विवाह भएको १५ वर्ष पुगेको लक्ष्मी जिरेल माझीले बताइन् ।

    माझीका जेठा छोरा करण माझीका अनुसार लक्ष्मीले सिन्धुपाल्चोक खाडीचौरका विमल थापासँग दोश्रो विवाह गरेकी हुन् । 

  • सम्बन्धित विषय:

  • # श्रीमान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij