Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

प्रदेश १ मा आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान

प्रदेश १ मा आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान

  • 464
    SHARES
  • प्रदेश १ मा आर्थिक वृद्धिदर ५.४ प्रतिशतसम्म हुने अनुमान

    काठमाडौं । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षमा ५.४ प्रतिशतले आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । प्रदेश १ को प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले गत आर्थिक वर्षको भन्दा १ प्रतिशत बढीले आर्थिक वृद्धिदर कायम हुने अनुमान गरेका हुन् ।

    images

    विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीको असर क्रमशः न्यून हुन गएसँगै आर्थिक तथा सामाजिक गतिविधिहरु गतिशील बन्दै गएको उल्लेख गर्दै मन्त्री आङ्बोले आमनागरिकको जनजीवन सहज बन्दै गएका कारण आर्थिक वृद्धिदर हुने अनुमान गरेका हुन ।

    ‘उद्योग एवम् व्यापार व्यवसायहरू पूर्ण रुपमा सञ्चालनमा आएका छन्, आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएको छ, निर्माण क्षेत्रले क्रमशः गति लिँदै गएको छ भने ऊर्जा क्षेत्रको उत्पादन बढेको हुँदा सोका आधारमा आर्थिक वृद्धिदर तुलनात्मक रुपमा बढ्ने अनुमान छ ।’ बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

    चालु आर्थिक वर्षको संशोधित कुल गार्हस्थ उत्पादन ७ खर्ब ६३ अर्ब रहने अनुमान गिरएको छ । फलस्वरुप प्रदेशको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको ४.३४ प्रतिशतबाट बढेर चालु आर्थिक वर्षमा ५.४१ प्रतिशत पुग्ने अनुमान छ ।

    मन्त्री आङ्बोले चालु आर्थिक वर्षसहित पछिल्लो चार वर्षमा प्रदेशको वार्षिक औषत आर्थिक वृद्धिदर ४.२ प्रतिशत रहेको पनि स्मरण गराएका छन ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology