Logo

२०७९, श्रावण ३१ गते मंगलवार

२०७९, श्रावण ३१ गते मंगलवार

विद्यालय कर्मचारीको तलब बढाइएको छ : अर्थमन्त्री शर्मा

विद्यालय कर्मचारीको तलब बढाइएको छ : अर्थमन्त्री शर्मा

  • 23.1K
    SHARES
  • विद्यालय कर्मचारीको तलब बढाइएको छ : अर्थमन्त्री शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्यालय कर्मचारीको तलब बढाइएको बताएका छन् ।

    राष्ट्रिय समाचार समिति (रासस) लाई अन्तर्वार्ता दिंदै अर्थमन्त्री शर्माले विद्यालय कर्मचारीको तलब बढेको जनाएका हुन् । अर्थमन्त्री शर्माले गत जेठ १५ गते संसद्मा आर्थिक वर्ष २०८९/८० को बजेट घोषणा गर्दा विद्यालय कर्मचारी र इसीडी शिक्षकको तलब बढेको घोषणा गरेका थिएनन् ।

    मंगलबार शिक्षक संघसंगठनले भेटेरै तलबबारे ध्यानाकर्षण गराएपछि रासससँगको अन्तर्वार्तामा अर्थमन्त्रीले तलब बढाएको बताएका हुन् । तर उनले विद्यालय कर्मचारीको तलब कति बढाइएको हो त्यसबारे खुलाएका छैनन् ।

    उनले अन्तर्वार्तामा भनेका छन्, ‘बजेट निर्माणको सन्दर्भमा हरेक सरोकारवालाको समग्रको भनाइ र स्वार्थलाई सम्बोधन गर्ने प्रयास गरिएको छ । केही न केही छुटेको होला तर मुलभूत रूपमा समेटिएको छ । जस्तैः स्थानीय तहका विद्यालयका कर्मचारीको कुरा, बाल शिक्षकको तलब पनि थपिएको छ ।’

    यसअघि शिक्षामन्त्री देवेन्द्र पौडेलले इसीडी शिक्षकको तलब दुई हजार रूपैयाँ बढेको जानकारी गराएका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology