Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

१५ प्रतिशत बढाएर तलब दिन इसीडी शिक्षक र विद्यालय कर्मचारीको माग  

१५ प्रतिशत बढाएर तलब दिन इसीडी शिक्षक र विद्यालय कर्मचारीको माग  

  • 3.5K
    SHARES
  • १५ प्रतिशत बढाएर तलब दिन इसीडी शिक्षक र विद्यालय कर्मचारीको माग  

    काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी) शिक्षक र विद्यालय कर्मचारीले आगामी साउन १ गतेदेखि  तलब बढाएर दिन माग गरेका छन् ।

    images

    उनीहरूले आर्थिक वर्ष २०७८/७९ को तलबसहित हाल अन्य राष्ट्रसेवक कर्मचारीका लागि बढाइएको १५ प्रतिशत तलब पनि उपलब्ध गराउन माग गरेका छन् । इसीडी शिक्षक र विद्यालय कर्मचारीले हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीसमक्ष सो माग गरेका हुन् ।

    सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेख भएबमोजिम स्थानीय तहले ब्यहोर्नु पर्ने सात हजार रूपैयाँ निःशर्त उपलब्ध गराई आर्थिक वर्ष २०७९/८० को बजेटमा उल्लेख भएअनुसार अन्य सरकारी राष्ट्रसवेक सरह १५ प्रतिशत तलबभत्ता वृद्धि गरी पारिश्रमिक उपलब्ध गराइयोस्,’ अध्यक्ष अन्सारीसमक्ष बुझाइएको मागपत्रमा भनिएको छ ।

    आर्थिक वर्ष २०७८/७९ को बजेटमामा विद्यालयका लेखापाल र कार्यालय सहयोगीको पारिश्रमिक क्रमशः रू २०,५०० र रू १५००० तोकिएको थियो भने इसीडी शिक्षकको पनि १५००० रूपैयाँ तोकिएको थियो ।

    संघीय सरकारले तोकेको उक्त तलब अधिकांश शिक्षक र कर्मचारीले हालसम्म पनि पाएका छैनन् ।

    त्यसैगरी गुल्मी जिल्लाकाे रेसुङ्गा नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत इसीडी शिक्षकले पनि आफ्ना मागबारे नगर प्रमुख खिलध्‍वज पन्थीकाे ध्यानाकर्षण गराएका छन् । उनीहरूले नगर प्रमुख पन्थीलाई मागपत्र बुझाउँदै १५ प्रतिशत बढाएर तलब दिन भनेका छन् ।

    ecd gulmi.jpg

    हेर्नुहाेस् भिडियाे 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology