Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

नगर प्रमुखलाई सूर्यविनायक कांग्रेसको १५ बुँदे ध्यानाकर्षण

नगर प्रमुखलाई सूर्यविनायक कांग्रेसको १५ बुँदे ध्यानाकर्षण

  • 531
    SHARES
  • नगर प्रमुखलाई सूर्यविनायक कांग्रेसको १५ बुँदे ध्यानाकर्षण

    काठमाडाैं । नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिले सूर्यविनायक नगर प्रमुख वासुदेव थापालाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।नगरपालिका कार्यालय कटुञ्जेस्थित प्रमुखको कार्यकक्षमा पुगेर कांग्रेस नगर कार्यसमिति सभापति निशान ढुंगेलको नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र दिएको हो ।

    ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख थापाले कांग्रेसले दिएका सुझावलाई आफूले गम्भीरतासाथ लिने बताए । ‘हामी जनताकै सेवक भएर काम गर्ने छौं’ थापाले भने, ‘तपाईंहरूले दिएका राय, सल्लाह, सुझावलाई मैले सकारात्मक रूपमा लिएको छु ।’ थापाले नेपाली कांग्रेस र एमाले मुलुकका जिम्मेवार पार्टीहरू भएको चर्चा गर्दे दुवै पार्टी विकासका बाहक भएको बताए । थापाले भने, ‘तपाईंहरूले दिएका सुझावलाई मनन गरेर आगामी नगर परिषद्मा समेट्ने प्रयास गर्ने छु ।’

    नेपाली कांग्रेस सूर्यविनायक नगर कार्यसमितिका सभापति ढुंगेलले आफूहरूले दिएका सुझाव र ध्यानाकर्षणलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्ने बताएकोमा धन्यवाद दिए । ‘जनमुखी र जनतालाई सुख दिने विकासका काममा सधैँ नेपाली कांग्रेसको साथ र समर्थन रहने छ,’ढुंगेलले भने, ‘आगामी नगर परिषद्मा हामीले ध्यानाकर्षण पत्रमा दिएका सुझावहरूलाई विशेष ध्यान दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’

    ढुंगेलले नगरपालिका ‘शासक भन्दा जनताको सेवक’ बनेर अगाडि बढेमा सूर्यविनायक कांग्रेस हातमा हात मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।  ध्यानाकर्षण पत्र सूर्यविनायक नगर कार्यसमितिका सचिव विश्वराम थापाले वाचन गरेर सुनाएका थिए । कार्यक्रममा उपप्रमुख सरिता भट्टराई तथा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेलको उपस्थिति रहेको थियो । ढुंगेलको नेतृत्वमा कांग्रेस सूर्यविनायक नगर कार्यसमितिका पदाधिकारीहरूलगायतको सहभागिता रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij