Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

पोखराबाट प्याराग्लाइडिङको विकल्प खोज्न प्रदेश सरकारको चासो

पोखराबाट प्याराग्लाइडिङको विकल्प खोज्न प्रदेश सरकारको चासो

  • आषाढ २, २०७९ बिहिवार २०:२७ बजे
  • 515
    SHARES
  • पोखराबाट प्याराग्लाइडिङको विकल्प खोज्न प्रदेश सरकारको चासो

    पोखरा । गण्डकी प्रदेश सरकारले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न चासो देखाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पोखराबाट प्याराग्लाइडिङ विस्थापित हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

    images

    यद्यपि यहाँका व्यवसायीहरूले पोखरामै उड्ने व्यवस्था मिलाइदिन आग्रह गरिरहेका छन् । प्रदेश सरकारले भने बजेट वक्तव्यबाटै पोखराबाट प्याराग्लाइडिङको वैकल्पिक विस्थापनको खोजी गर्न बजेट छुट्याएको छ ।

    यद्यपि बजेट रकम भने खुलेको छैन । अर्थमन्त्री रामजी बरालले प्याराग्लाइडिङको वैकल्पिक स्थानको खोजी गर्न बजेट विनियोजन गरेको बताए । सरकारले यसपालि पर्यटनलाई चासोका साथ बजेट विनियोजन गरेको छ । 

    होमस्टे प्रबर्द्धनदेखि साहसिक पर्यटनसम्म चासो दिइएको छ । प्रदेशभित्र क्यानोनिङ, क्यानोपी वाकिङ, जलयात्रा, जीपनलाई, बञ्जीजम्प, बीच टुरिजम तथा वाईल्ड लाइफ टुरिजमजस्ता साहसिक पर्यटन प्रवर्द्धनका लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक रकम विनियोजन भएको बरालले जानकारी दिए ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology