Logo

२०७९, आषाढ २१ गते मंगलवार

२०७९, आषाढ २१ गते मंगलवार

बजेट विनियोजन नहुँदै उपभोक्ता समिति गठन

बजेट विनियोजन नहुँदै उपभोक्ता समिति गठन

  • आषाढ २, २०७९ बिहिवार २२:०५ बजे
  • 172
    SHARES
  • बजेट विनियोजन नहुँदै उपभोक्ता समिति गठन

    सुर्खेत । हुम्ला सार्केगाड गाउँपालिका–३ प्रवीण कार्की पुल योजना माग गरी उपभोक्ता समिति नै गठन गरी कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा पुगे । उनले चलानी नम्बर नभएको गाउँपालिकाको सिफारिसका साथ मन्त्रालयमा पुगेका थिए ।

    योजना निवेदन दिँदै जसरी नि यो योजना हुनुपर्छ भन्दै मन्त्रीका सचिवालयका  सबैलाई दबाब समेत दिए । त्यस्तै हुम्ला ताजाकोटका भूमिकला शाही तटबन्धको माग गर्दै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा पुगिन् । मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिस समेत ल्याएर  जलस्रोतमा पुगेकी शाहीले ७ सदस्यीय उपभोक्ता समिति गठन गरी आफू अध्यक्ष भएको कागज समेत पेस गरिन् । उनको निवेदनमा ६० लाख रुपैयाँ माग गरिएको थियो । उनले आफ्नो योजना जसरी पनि पास गर्नुपर्ने भन्दै चर्को दबाब दिँदा जलस्रोत मन्त्रालयका कर्मचारीहरू चकित परेका थिए ।

    शक्ति केन्द्र धाउँदै  योजनाको सिफारिस ल्याएर जसरी नि आफ्नो योजना पास गर्न दबाब दिन  प्रदेशका मन्त्रालयमा धाउनेको संख्या ठूलो छ। पालिकाको सिफारिस, प्राविधिक स्टमेट र कुनै नम्स नभएको तर कपीको पातामा योजना टिपाउनेहरूको झन् ठुलो ताँती नै रहेको छ । 

    असार १ गते प्रदेशको बजेट आइसकेको भए पनि योजना माग्न आउनेको लर्को अझै नरोकिएको मन्त्रालयमा आउने भिडले बोल्ने गरेको छ । अधिकांश आफ्ना योजना परे वा परेनन् भनेर सोधिखोजी गर्दै मन्त्रालय धाउनेको संख्या समेत ठुलो रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका नवराज शर्माले बताए । प्रदेशमा योजना निर्माण गर्दा पालिकाबाट पठाएको, प्रदेशसभा सदस्यले दिएको र जिल्ला स्थित विषयगत कार्यालयले पठाएको योजनाहरू मात्र प्राथमिकताको आधारमा समावेश हुनुपर्ने हो । तर ढोकाबाट नभई झ्यालबाट आएको योजनालाई प्राथमिकता दिँदा समस्या आएको कर्मचारीहरू बताउँछन् ।

    सबैभन्दा बढी योजना माग्नेहरूमा हुम्ला, कालिकोट, दैलेख र जुम्लाका रहेका रहेका छन् ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology