Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

संसदीय समितिमा प्रधानसेनापतिले भने– एसपीपीमा आबद्ध हुन सकिँदैन 

संसदीय समितिमा प्रधानसेनापतिले भने– एसपीपीमा आबद्ध हुन सकिँदैन 

  • 502
    SHARES
  • संसदीय समितिमा प्रधानसेनापतिले भने– एसपीपीमा आबद्ध हुन सकिँदैन 

    काठमाडाैं । प्रधानसेनापति प्रभुराम शर्माले ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपीपी) मा नेपाल आबद्ध हुन नसक्ने स्पष्ट पारेका छन् ।

    images

    उनले सुरुमा नेपाली सेनाले गोरखा भूकम्पका बेला विपद्मा मानवीय र गैर–सैनिक सहयोगका लागि सरकारको स्वीकृतिमा पत्राचार गरेको र सहयोग पनि लिएको तर पछि सन् २०१९ पछि एसपीपी ‘इण्डो प्यासिफिक रणनीति’को अङ्ग हुने भनिएपछि यसमाथि पुनर्विचार गर्न नेपाल सरकारलाई पत्राचार गरेको बताए ।

    प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले केही दिनअघि नेपाल भ्रमणमा आएका अमेरिकी सैनिकका एशिया प्यासिफिक प्रमुखसँगको भेटमा पनि आफूहरू एसपीपीमा आबद्ध हुन नसक्ने स्पष्ट कुरा राखेको जानकारी दिए ।

    उनले सामाजिक सञ्जाल र केही मिडियामा देखिएको नेपालले सम्झौता गर्न लागेको भनी सार्वजनिक एसपीपीको १० बुँदे पत्र पूरै गलत भएको बताए । सो अवसरमा प्रधानसेनापति शर्माले भोलि असार ४ गतेदेखि आफूले गर्न लागेको लेबनान, सिरिया र अमेरिकाको भ्रमणका सम्बन्धमा समितिलाई जानकारी गराएका थिए ।

    साथै उनले भ्रमणका क्रममा आफ्ना तर्फबाट कुनै सम्झौता नहुनेसमेत स्पष्ट पारे । उनले नेपाली सेना मुलुकको परराष्ट्र नीति र जनहितका आधारमा मात्र सञ्चालन हुने पनि सो समितिमा स्पष्ट गरे । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology