Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

जब श्रीमानले करेन्ट लगाए...

जब श्रीमानले करेन्ट लगाए...

  • 469
    SHARES
  • जब श्रीमानले करेन्ट लगाए...

    जनकपुरधाम । सिन्धुली गोलञ्जर गाउँपालिका-२ कि डम्बर कार्कीकी २२ वर्षीया छोरी राधिका कार्की अहिले श्रीमानले दिएको यातनाका कारण अस्पतालमा छट्पटाउँदै जीवन बिताउन बाध्य छिन् । 

    images

    अस्पतालको शैयामा छट्पटाउँदै आएकी उनलाई अहिले दुःखको घडिमा साथ दिने न त उनका परिवार छन् न त अन्य आफन्त नै । आठ महिनाअघि प्रेम विवाह गरेर सुन्दर भविष्यको परिकल्पना गरेकी उनलाई अहिले श्रीमानले दिएको चरम शारीरिक यातनाले अस्पतालको शैयासम्म पुर्‍याएको छ ।  

    श्रीमान् धनुषाको सखुवा महेन्द्रनगर घर भई जनकपुरधामको थापाचोकमा बस्दै आएका अरुण साहसँग करिब एक वर्षको चिनजानपछि प्रेम विवाह गरेकी उनी अहिले उनी श्रीमान्काे चरम शारीरिक यातनाको पीडा सहन बाध्य छिन् ।

    विवाहपछि थापाचोकमा डेरामा उनीहरू बस्दै आएका थिए । श्रीमानलाई आफ्नो घर लैजान भनेपछि करेन्ट लगाएर चरम यातना दिएका छन् । शारीरिक र मानसिक यातनाको कारण सकसमा परेका बेला उनको साथमा कोही छैनन् ।

    ‘समान्य विवाद भएको थियो । अरुणले एकाएक बिजुलीको तार बोर्डमा जोडेर पहिला मेरो खुट्टामा करेन्ट लगाए । म बेहोस भएपछि कहाँ के गर्‍यो । मलाई थाहा भएन । कसरी हस्पिटल पुगेँ, त्यो पनि थाहा पाइनँ । होस् आउँदा दुवै गोडा, हात र पेटमा करेन्ट लगाएका रहेछन्,’ राधिकाले भनिन् ।

    गत १६ जेठमा भएको सो घटनापछि राधिका गम्भीर घाइते भइन् । प्रहरीले उनलाई उद्धार गरी अस्पताल भर्ना गरेको थियो । उनी १६ दिनदेखि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएर उपचाररत छिन् ।

    विवाह गरेर ल्याएको सुरुका दिनमा अरुणले उनलाई राम्रै व्यवहार र हेरविचार गरेका थिए । सुरुका दिनमा आफूलाई घर खर्च चलाउन पैसा दिने गरेको बताएकी उनले जानकी मेडिकल र सिटीपार्क होटलको क्यान्टिनमा आफूलाई कामसमेत लगाइदिएको बताइन् ।

    ‘महिनाको १० हजार जति मैले पनि कमाउँथे । घरको भाडा ३ हजार रुपैयाँ पनि मैले नै तिर्दै आएको थिएँ । बढिजसो मैसँग बस्थ्यो तर पछि दुई/तीन दिनसम्म पनि कोठा नआउने गर्न थाल्यो,’ राधिकाले भनिन्, ‘त्यसपछि आफूले सोधखोज गर्दा यातना दिने गरेको र त्यो दिनसमेत विवाद भएको र घरमा आफूलाई लैजान भनेपछि विवाद भयो । विवादपछि उनले कुटपिट गर्दै करेन्ट लगाएका दिए । करेन्ट लगाएपछि बेहोस भएछु, कसले अस्पताल लग्यो, त्यो पनि थाहा पाइनँ ।’

    उनलाई अहिले अस्पतालका नर्स र सुरक्षाकर्मीले नै हेरचाह र खाना खुवाउने औषधि दिने काम गरिरहेका छन् । उपचारमा संलग्न चिकित्सक डा. आश्विनी यादवका अनुसार राधिकाको दुवै हात, दुवै खुट्टाा र पेटमा उनलाई करेन्ट लागेको गहिरो खत छ भने शरीरका केही भाग पनि जलेका छन् ।

    उनको हातको औँलादेखि खुट्टाको औँला र शरीरको भागहरू समेत जलेको छ । घटना भएदेखि नै अरुण फरार छन् ।  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप क्षेत्रीले छिमेकीले खबर गरेपछि उनलाई उद्धार गरेर अस्पताल लगेको जानकारी दिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका क्षेत्रीले जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रियालाई अगाडि बढाइने बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology