Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

दोलखाका ६९  विद्यालयमा शैक्षिक सुधार कार्यक्रम

दोलखाका ६९  विद्यालयमा शैक्षिक सुधार कार्यक्रम

  • 888
    SHARES
  • दोलखाका ६९  विद्यालयमा शैक्षिक सुधार कार्यक्रम

    भीमेश्वर । दोलखाका विद्यालयमा शैक्षिक सुधार कार्यक्रम लागु भएको छ  । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु भएका जिल्लाका ६९ विद्यालयमा कार्यक्रम लागु भएको हो ।

     छनोटमा परेका विद्यालयमा शैलुङ गाउँपालिकाका १२, भीमेश्वर नगरपालिकाका १० सामुदायिक विद्यालय, बिगु र तामाकोशीका नौ-नौ, बैतेश्वर गाउँपालिकाका ५ तथा गौरीशङ्कर र कालिञ्चोक गाउँपालिका एवं जिरी नगरपालिकाका  पाँचपाँच विद्यालय छनोट भएको शिक्षा विकास तथा समन्वय एकाइ दोलखाले जनाएको छ । 

    छनोट भएका विद्यालयको कार्यक्रम सबै स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने र  सङ्घीय सरकारले चाँडै सम्बन्धित स्थानीय तहमा बजेट निकासा गर्ने शिक्षा विभागले जनाएको छ । 

    यसरी शैक्षिक सुधार लागु भएका विद्यालयमा कक्षाकोठा निर्माण तथा  सुधार, खानेपानी, पुस्तकालय, कम्प्युटर, शौचालय, विज्ञान प्रयोगशाला र अन्य विषय  समाविष्ट हुने  जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका मन्दिरा काफ्लेले  बताइन् । 

    विसं २०७२ को भूकम्पका कारण जिल्लाका सामुदायिक तथा अन्य गरी ३४७  विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । तीमध्ये केही निर्माणाधीन तथा धेरैजसो भवन निर्माण सम्पन्न भइसकेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij