Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

खाना माग्दा नदिएको भन्दै पत्नीको हत्या !

खाना माग्दा नदिएको भन्दै पत्नीको हत्या !

  • 422
    SHARES
  • खाना माग्दा नदिएको भन्दै पत्नीको हत्या !

    एजेन्सी, नयाँ दिल्ली । भारतमा एक व्यक्तिले श्रीमतीको हत्या गरेको र पछि उनी मरेको थाहा नपाएर शवसँगै सुतेको प्रहरीले शनिबार जनाएको छ । दुवैले सँगै रक्सी पिएको तर आफूलाई खाना माग्दा नदिएपछि विवाद बढ्दा पत्नीलाई कुटेका थिए । 

    भोलिपल्ट बिहान श्रीमतीको हत्या गरेको थाहा पाएपछि ती व्यक्ति ४० हजारभन्दा बढी नगद लिएर भागेका थिए । यद्यपि, उनलाई दिल्लीको अर्को स्थानबाट ट्र्याक गरी पक्राउ गरिएको थियो । 

    पक्राउ पर्नेमा सुल्तानपुर निवासी ४७ वर्षीय विनोदकुमार दुबे रहेको प्रहरीले जनाएको छ । विवादपछि दुबेले आफ्नी ३९ वर्षीया श्रीमती सोनालीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीले उनको साथबाट एउटा झोला, दुई थान मदिराका बोतल र रगतले लतपतिएको सिरानीसहित ४३ हजार भारु बरामद गरेको थियो । आफूहरू सँगै मदिरा पिएको तर केही समयपछि खाना माग्दा नदिएपछि विवाद हुँदै आफूले हिर्काएको उनले प्रहरी समक्ष स्वीकार गरेका छन् । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij