वेबटिभी खबर
काठमाडौं । नेपाल विद्यार्थी संघ मुगुले अपूरो पाठ्यपुस्तक यथाशीघ्र ल्याउन माग गरेको छ । नेविसंघ मुगुले बाँकी रहेका स्थानीय तहअन्तर्गत रहेका विद्यालयहरूमा छिटोभन्दा छिटो पाठ्यपुस्तक ल्याउन माग गरेको हो ।
शैक्षिकसत्र सुरू भएको करिब एक महिनाबढी हुँदा पनि मुगुमा हालसम्म पूर्णरूपमा पाठ्यपुस्तक आइपुगेको छैन । छायाँनाथ रारा नगरपालिका भित्रका विद्यालयहरूमा अपूरा किताब पुगेका छन् ।
सोरू गाउँपालिका र खत्याड गाउँपालिकाका विद्यालयहरूमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेका छैनन् ।
नगरपालिका र मुगूम कार्मारोङ्ग गाउँपालिकामा पूर्ण रूपमा किताब पुगेका छैनन् भने खत्याडका ४१ र सोरू गाउँपालिका ४१ वटा विद्यालयमा अझे पाठ्यपुस्तक नपुगेले ७ हजार विद्यार्थीको भविष्यमाथि खेलबाड भएको नेपाल विद्यार्थी संघ मुगुका संयोजक सोविन्द्र मल्लले बताए ।
उनले विज्ञप्ति जारी गर्दे मुगुमा अपूरा पाठ्यपुस्तक चाँडो ल्याउन ध्यानाकर्षण गरिएका छन् । उनका अनुसार शैक्षिक सत्र सुरू भइसक्दा पनि हालसम्म मुगुमा पाठ्यपुस्तक पूर्ण रूमा नपुग्नाले विद्यार्थी मर्कामा परेपछि ध्यानाकर्षण पत्र बुझाएका हौँ ।
तत्काल पूर्ण रूपमा पाठ्यपुस्तक नआए सशक्त रूपमा आन्दोलन उत्रिने नेविसंघले चेतावनी दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij