Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • 486
    SHARES
  • टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

    काठमाडौं । कपिलवस्तुको गौडीचोकमा आज टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा कपिलबस्तु नगरपालिका-३ भिक्षुचोक बस्ने ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् ।

    टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    भैरहवाबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ क ०३०९ नम्बरको टिपरले गुप्ता सवार साइकललाई आइतबार बिहान ११ बजे ठक्कर दिएको हो ।

    टिपरसहित चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij