Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

लिचीबाट लोभलाग्दो आम्दानी

लिचीबाट लोभलाग्दो आम्दानी

  • 450
    SHARES
  • लिचीबाट लोभलाग्दो आम्दानी

    खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाका किसानले लिची खेतीबाट लोभलाग्दो आम्दानी गरिरहेका छन् । रावाबेँसी गाउँपालिका–१ कुभिन्डे, रावाबेँसी गाउँपालिका–२ खार्पा, रावाबेँसी गाउँपालिका–५ दुबेकोल र रावाबेँसी गाउँपालिका–६ हौंचुरका किसानले सिजनमा लिची बिक्री गरेर आयआर्जन गरेका छन् ।

    images

    बोटमै प्रतिदाना एक रूपैयाँमा बिक्री हुने लिचीबाट स्थानीयले प्रतिघर वार्षिक सरदर ६०-७० हजार आम्दानी लिने गरेका छन् । लिचीको आम्दानीले घर खर्च र सामान्य बचत गर्न पुगेको कुभिन्डे लांघालीचोकका प्रेमबहादुर राना मगरले बताए । जिल्ला बाहिरबाट लिची आयत नहुने भएकाले स्थानीय लिचीले बजारमा राम्रो भाउ पाउने गरेको छ । लिची बिक्रीबाट रावाबेँसीमा वार्षिक करोडौँको रकम भित्रिने गरेको छ ।

    कुभिन्डेको डाँडागाउँ, माझगाउँ, दम्कु, हाचेका लगायतका गाउँ लिची उत्पादनका लागि प्रख्यात छ । नहुनेको पनि दुईरचार बोट लिची छन् । रावाबेँसीमा लिचीका एउटै बोटमा कम्तीमा १३ हजारदेखि २४-२५ हजार दाना फल्ने गरेको छ । धेरैजसो लिची स्थानीयले बोटबाटै ठगेर बिक्री गर्न बजारमा लैजाने गरेका छन् । लिचीको झुप्पा दिक्तेल बजार, बाक्सिला, ऐंसेलुखर्क बजार पुग्ने गरेको छ ।

    कृषक आफैंले पनि डोकोमा बोकेर लिची बजार पुर्‍याउने गरेका छन् । कतिपय लिची व्यापार तथा कोसेलीका रूपमा काठमाडौंसम्म पुग्ने गरेको छ । तर पछिल्लो समय कच्ची सडक बनेसँगै किसानले गाउँकै सडकमा लगेर लिची बिक्री गर्ने गरेका छन् । हाटबजारमा स्थानमा डोकाकोडोका लिची बिक्री गर्न राखिएको देखिन्छ । लिची पाक्ने सिजन सुरु भएसँगै दिक्तेल बजारमा डोकोभरी लिची बिक्री गर्न आउने महिला र पुरुषको भीड लाग्ने गरेको छ । यस बाहेक विभिन्न सभा, समारोह लगायतका कारण जमघट हुने ठाउँमा समेत लिचीले बजार लिने गरेको छ ।

    जिल्लाका २४८ हेक्टर क्षेत्रफल लिची उत्पादनका लागि योग्य मानिन्छ । सल्ले, अर्खौले, खाल्ले, डम्बर्खुशिवालय, मात्तिम, रतन्छा, बुईपा, इन्द्रेणीपोखरी, बतासे, दुबेकोल, छोरम्बु, डुम्रेधारापानी, डिकुवा लगायतका किसानले समेत लिची खेती लगाउन थालेका छन् ।

  • सम्बन्धित विषय:

  • # लिची

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology