Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

इथियोपियामा कम्तीमा दुई सय सर्वसाधारणको हत्या

इथियोपियामा कम्तीमा दुई सय सर्वसाधारणको हत्या

  • 436
    SHARES
  • इथियोपियामा कम्तीमा दुई सय सर्वसाधारणको हत्या

    एजेन्सी, आदिस आबाबा । इथियोपियामा दुई सय सर्वसाधारणको हत्या भएको छ । देशको ओरोमिया क्षेत्रमा भएको आक्रमणमा जातीय अम्हारा समुदायका मानिसहरूको हत्या भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    अफ्रिकाको दोस्रो ठूलो जनसंख्या भएको  इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो ।
    ‘मैले २३० शवहरू गनेको छु । मलाई डर छ कि यो हामीले हाम्रो जीवनकालमा देखेका नागरिकविरुद्धको सबैभन्दा डरलाग्दो हमला हो’ गिम्बी काउन्टीका निवासी अब्दुल–सेद ताहिरको भनाई उद्धृत गर्दै एसोसिएटेड प्रेसले जनाएको छ । शनिबारको आक्रमणबाट आफू मुस्किलले उम्किएको उनले बताए । शवलाई सामूहिक चिहानमा गाडिएको पनि उनले बताए । 

    ‘शवलाई सामूहिक चिहानमा गाडिरहेका छौं ।  हामी अझै पनि शव संकलन गर्दैछौं । संघीय सेनाका एकाइहरू घटनास्थलमा आइपुगेका छन् । तर सेनाले छोडे भने हामीमाथि हमला हुने डर छ  । ’ अर्का एक प्रत्यक्षदर्शीले पनि आफ्नो सुरक्षाबारे चिन्ता व्यक्त गरेका छन् । ओरोमिया समुदाय अहिले अर्कै क्षेत्रमा स्थानमा स्थानान्तरण हुन खोजेको प्राप्त विवरणमा जनाइएको छ । 
    आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन । आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij