Logo

२०७९, आषाढ २१ गते मंगलवार

२०७९, आषाढ २१ गते मंगलवार

१० वर्षे माओवादी युद्धको औचित्य पुष्टि भएन : अध्यक्ष ओली 

१० वर्षे माओवादी युद्धको औचित्य पुष्टि भएन : अध्यक्ष ओली 

  • 107
    SHARES
  • १० वर्षे माओवादी युद्धको औचित्य पुष्टि भएन : अध्यक्ष ओली 

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे सशस्त्र माओवादी युद्धको औचित्य अझै पुष्टि हुन नसकेको टिप्पणी गरेका छन् ।

    मंगलबार पूर्वराजदूतहरूसँगको छलफलमा उनले माओवादी युद्ध केका लागि, कसकाविरूद्ध र के प्राप्तिका लागि भन्ने अहिलेसम्म टुंगो नभएको बताए ।

    उनले भने, ‘१० वर्ष देश हिंसामा फस्यो, केका लागि ? कसकाविरूद्ध ? के प्राप्तिका लागि भन्ने अझै टुंगोमा पुगेको छैन । गणतन्त्रका लागि थियो भने गणतन्त्र नआई टुंगियो । २०६३ सालमा त गणतन्त्र आएको थिएन । गणतन्त्र घोषणा (गणतन्त्र दिन्छु भनेर) गर्ने कसैसँग सम्झौता पनि भएको थिएन । केका लागि थियो ?’

    पञ्चायत र राजतन्त्रविरूद्धको आन्दोलनमा हतियार उठाउनु आवश्यकता रहेको भएपनि त्यसअलवा संविधानप्रदत्त अधिकार प्रयोग गरेर शान्तिपूर्ण तरिकाबाट आन्दोलन गर्ने अवस्था रहेको भन्दै उनले संविधानकै परिधिभित्र रहेर देशको विकास र समृद्धि तथा आमूलपरिवर्तन गर्न सकिने बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology