Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

गृह जिल्लाबाट चुनाव लड्न अर्थशास्त्री डा.वाग्लेलाई आग्रह 

गृह जिल्लाबाट चुनाव लड्न अर्थशास्त्री डा.वाग्लेलाई आग्रह 

  • 546
    SHARES
  • गृह जिल्लाबाट चुनाव लड्न अर्थशास्त्री डा.वाग्लेलाई आग्रह 

    काठमाडौं । गोरखाका स्थानीय कांग्रेस नेता तथा कार्यकर्ताले अर्थशास्त्री डा.स्वर्णिम वाग्लेलाई आफ्नै गृह जिल्लाको क्षेत्र नम्बर १ बाट संघीय सांसदमा चुनाव लड्न आग्रह गरेका छन् ।

    चुनाव नजिकिँदै जाँदा वाग्लेको नाम काठमाडौं क्षेत्र नम्बर ५ र चितवन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारी गरेको भनेर हल्ला चलेकै बेला गोरखाका कांग्रेसीले गृहजिल्ला नछाड्न सुझाव दिँदै जिताउने प्रतिबद्धता जनाएका हुन् ।

    गोरखाबाट डा.बाबुराम भट्टराई पछि प्रतिभाशाली नेताको रूपमा डा.वाग्लेलाई लिइएको छ । चुनाव जितेर अर्थमन्त्रालयको जिम्मेवारी निर्वाह गर्न सक्ने नेता भन्दै डा.वाग्लेलाई गोरखाबाटै चुनाव लड्नु पर्नेमा नेता तथा कार्यकर्ताले जोड दिएका छन्  ।

    कांग्रेसको गण्डकी गाउँपालिका सभापति होमबहादुर राना मगरले गोरखाबाटै चुनाव जितेर डा.वाग्ले अर्थमन्त्री बन्नु पर्ने सुझाव दिए । माथिल्लो ओहोदामा पुग्ने नेताको खाँचो गोरखालाई रहेको उल्लेख गर्दै राना मगरले चुनाव जितेर डा.वाग्लेले जिल्लाको निर्माणमा लाग्नुपर्ने बताए ।

    डा.वाग्ले आसन्न संघीय निर्वाचन लड्ने तयारीसहित अमेरिकाको न्युयोर्कस्थित यूएनडीपी एसिया प्यासिफिकको प्रमुख आर्थिक सल्लाहकारबाट राजीनामा दिएर नेपाल आउँदै छन् ।

    कांग्रेस नेतृत्वले पनि वाग्लेको खाँचो महसुस गरेर स्वदेश फर्केर चुनाव लड्न सुझाएका हुन् । उनी स्थानीय चुनावका बेला बिदामा नेपाल आएर गृहजिल्ला गोरखामा सक्रिय भएका थिए ।

    कांग्रेसको युवा नेता जानुका पन्तले गोरखाबाटै डा.वाग्लेले चुनाव लड्ने विश्वास लिएको बताइन् । ‘आम जनता, कांग्रेसका सबै तहका नेता तथा कार्यकर्ताले आग्रह गरेपछि उहाँ गोरखाबाटै चुनाव लड्ने विश्वास लिएका छौं,’ उनले भनिन् ।

    डा.वाग्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका बेला उनकै संयोजकत्वमा गठित सुझाव समितिले दिएको प्रतिवेदनमा आधारमा बूढीगण्डकी आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेगरी प्रस्ताव तयार पारिएको थियो ।

    अहिले सोही प्रस्तावको वरपर रहेर बूढीगण्डकी आयोजना निर्माणको लागि तयारी गरिएको छ । उनले चुनाव जितेर जाँदा त्यसको कार्यान्वयन प्रभावकारी हुने स्थानीयको विश्वास छ ।

    बूढीगण्डकी आयोजना बनाउनकै लागि भने पनि गोरखाले एकपटक डा.वाग्ले चाहेको सहिद लखन गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिलिप थापामगर बताउँछन् । अधिकांश वडा सभापति तथा गाउँपालिका सभापतिले डा.वाग्लेलाई गोरखामा चुनाव लड्न आग्रह गर्दै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij