Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

एसपीपी अस्वीकार गर्ने सरकारको निर्णय स्वागतयोग्य : भीम रावल

एसपीपी अस्वीकार गर्ने सरकारको निर्णय स्वागतयोग्य : भीम रावल

  • 378
    SHARES
  • एसपीपी अस्वीकार गर्ने सरकारको निर्णय स्वागतयोग्य : भीम रावल

    काठमाडौं । एमाले सांसद डा.भीम रावलले धेरै ठूलो दबाबपछि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेकोमा धन्यवाद दिएका छन् ।

    उनले सत्ता पक्षकै सांसदहरूको जोडबल र प्रमुख प्रतिपक्ष दलको दबाबकै कारण सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको बताए । तर प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि एसपीपी अघि बढाउने हुन् कि भन्ने आशंका रहेको उनकाे भनाइ छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी स्वीकार गर्न नसक्ने पत्र पठाउने निर्णय गरेकाले अझै पनि संशय रहेको बताए । प्रधानमन्त्री देउवा नै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित नभएर संसदीय समितिको मानमार्दन गरेको आरोप लगाए ।

    ‘नेता रावलले प्रधानमन्त्री संसदीय समिति बैठकमा नआउने बरू बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक राखेर छलफल गरेकोमा आपत्ति जनाउँदै गठबन्धन संविधानसम्मत हो र ?’ उनले प्रश्न गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij