Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

संघीय सरकारले विद्यालय कर्मचारीको श्रमशोषण गर्‍याे : राष्ट्रिय विद्यालय कर्मचारी संघ

संघीय सरकारले विद्यालय कर्मचारीको श्रमशोषण गर्‍याे : राष्ट्रिय विद्यालय कर्मचारी संघ

  • 2.9K
    SHARES
  • संघीय सरकारले विद्यालय कर्मचारीको श्रमशोषण गर्‍याे : राष्ट्रिय विद्यालय कर्मचारी संघ

    काठमाडौं । राष्ट्रिय विद्यालय कर्मचारी संघ नेपाल, शहीद लखन गाउँपालिका गोरखाले संघीय सरकारले विद्यालय कर्मचारीको श्रमशोषण गरेको बताएको छ । 

    images

    सोमबार गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले भनेको छ, ‘विगत लामो समयदेखि न्यूनपारिश्रममा कार्य गर्दै आएका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी नियमानुसारको पदीय तलबमान निर्धारण नगरी संघीय सरकारले नै चरम शोषण र उत्पिडन दिदै हाम्रो श्रमको अवमूल्यन र उपेक्षा गरेको छ । तापनि हामी कर्तव्यनिष्ठ भई कामकाज गर्दै आइरहेका अवगत नै छ ।’ 

    अध्यक्ष रेशम विश्वकर्मा, अर्थ सचिव धनमाया गुरुङ र संचार सचिव मिनबहादुर थापा मगरद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा संघीय सरकारले कर्मचारीको बौद्धिक र शारिरीक श्रमको नजरअन्दाज गरी कम्तिमा ना.सु (नि.मा.वि शिक्षक) सरह योग्यता नियुक्ती भएका लेखा (विद्यालय सहायक) कर्मचारीको आर्थिक वर्ष २०७८/७९ मा १५ हजार पारिश्रमिक तोकी स्थानीय तहमा जिम्मा लगाउनुले आम कर्मचारी सरकाकार दमित र शोषित महसुस भएको उल्लेख छ ।

    शहीद लखन गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको पीडालाई मध्यनजर गरी लेखा (विद्यालय सहायक) लाई निजामती कर्मचारी नायव सुब्बा र विद्यालय सहयोगीलाई कर्मचारीको निजामती कार्यालय सहयोगी सरह सेवासुविधान दिन  गाउँपालिकाको ध्यानाकर्षण गराइएको छ ।

    हेर्नुहाेस् ध्यानाकर्षण पत्र

    289585031_5411917365532929_5884237301813937860_n.jpg

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology