वेबटिभी खबर
काठमाडौं । डडेल्धुरामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा परशुराम नगरपालिका-११ कटौजाका केशव बोहराका ५ वर्षीय छोरा निराजन रहेका छन् ।
पशुपतिनाथ आधारभूत विद्यालय ज्यामिरखालीबाट मंगलबार दिउँसो घर जाने क्रममा पातलीको ठूलो खोलाले बगाउँदा उनको मृत्यु भएको सोही विद्यालयका प्रधानाध्यापक हरिदत्ता जोशीले जानकारी दिए ।
बगेको ठाउँबाट ५०/६० मिटिर तल निराजनको शव फेला परेकाे र खोलाले बगाउँदा अन्य दुई विद्यार्थी घाइते भएकाे उनले बताए । घाइते हुनेमा सोही ठाउँका अन्दाजी १५ वर्षीय रेशम साउँद र १४ वर्षीय गोपाल साउँद रहेका छन् ।
रेशम र गोपाल कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन् । रेशमको अवस्था गम्भीर रहेको प्रअ जोशीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij