Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

मल ल्याउने किसानलाई सीमामा प्रहरीले दुःख दियो : सांसद साह [भिडियाेसहित]

मल ल्याउने किसानलाई सीमामा प्रहरीले दुःख दियो : सांसद साह [भिडियाेसहित]

  • 962
    SHARES
  • मल ल्याउने किसानलाई सीमामा प्रहरीले दुःख दियो : सांसद साह [भिडियाेसहित]

    काठमाडौं । देशभर अहिले मलको हाहाकार छ । सरकारले किसानको मागबमोजि मल दिन सकिरहेको छैन् । तर सीमावर्ती क्षेत्रमा भारतबाट एक-दुई बोरा मल ल्याउने किसानलाई प्रहरीले दुःख दिने गरेको छ ।

    images

    सीमावर्ती क्षेत्रका किसानको समस्या उठाउँदै जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले मंगलबार संसदमा किसानमाथि भइरहेको प्रहरी ज्यादती रोक्न सरकारको ध्यानाकर्षण गराए । 

    संसदको विशेष समयमा बोल्दै सांसद साहले भने, ‘हामीलाई लाखौं टन मलखाद्यको आवश्यकता भए पनि सरकारले ल्याउन सकेको छैन् । सीमा क्षेत्रका किसानले एक-दुई बोरा मल ल्याउँदा मोटरसाइकलसहित प्रहरीले भंसार बुझाइदिने गरेको छ ।’

    उनले मल दिन नसकेको अवस्थामा भारतबाट अनेक समस्या झेलेर मल ल्याउने किसानलाई प्रहरीले दुःख दिन बन्द गर्नु पर्ने बताए । गृहमन्त्रीले मौखिक रुपमा मल ल्याउने माथि कडाई नगर्न भन्दा पनि माथिको आदेश भन्दै प्रहरीले ज्यादती गरिरहेको आरोप लगाए ।

    दुई बोरा मलका लागि प्रहरीले ओसार्न प्रयोग भएको मोटरसाइकसमेत समातेर भंसार बुझाउने गरेको उल्लेख गर्दे सांसद साहले गृहमन्त्रीले कडाई नगर्नु भन्दा भन्दै माथिको आदेश भन्दै किसानलाई दुःख दिने गरेकोमा आापत्ति जनाए । ‘गृहमन्त्री भन्दा माथि को हो ?’ उनले प्रश्न गरे ।

    जनताका समस्याबारे मधेस प्रदेशका डिआईजीलगायत माथिल्ला तहका प्रहरी अधिकारीलाई फोन गर्दा नउठाएको उनले बताए । जनताको समस्या जनप्रतिनिधिमार्फत पुग्ने भए पनि प्रहरी अधिकारीहरुले फोन नै नउठाउने गरेकोमा उनले आपत्ति जनाए ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology