Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • 366
    SHARES
  • बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

    काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका-७ मा आज बिहान बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

    बसको ठक्करबाट कंचनपुरको शुक्लाफाँटा नगरपालिका-६ झलारीकी ३० बर्षीया विमला देवी जोशीको मृत्यु भएको हो ।

    जोशी सवार साइकललाई ना ४ ख ८०७७ नम्बरको बसले आज बिहान ९ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरले जनाएको छ ।

    बसको ठक्करबाट गम्भीर घाइते भएकी जोशीलाई उपचारको लागी महाकाली प्रादेशिक अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो ।

    बस चालकलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij