Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

रवि लामिछानेविरूद्ध निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेविरूद्ध निर्वाचन आयोगमा उजुरी

  • 389
    SHARES
  • रवि लामिछानेविरूद्ध निर्वाचन आयोगमा उजुरी

    काठमाडौं । रवि लामिछानेविरूद्ध निर्वाचन आयोजमा उजुरी परेको छ । लामिछानेले आफ्नो नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दल दर्ता गर्न खोजेको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै डम्बर शाहुले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

    स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर शाहुले बुधबार आयोगमा दिएको उजुरीमा रविले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह/संस्थालाई गम्भीर आघात पुगेको उल्लेख छ ।

    लामिछानेको पार्टीको नामबाट स्वतन्त्र शब्द हटाउन उनले आग्रह गर्दै उजुरी दिएका छन् ।

    परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रूपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहेपनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्दको प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

    लामिछानेको पार्टीलाई स्वतन्त्र उम्मेदवार अभियान, अभियान्ता र देशैभरिमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरूको समर्थन–सहकार्य नरहेकोसमेत उजुरीमा उल्लेख छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij