Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

हिंसा बढेपछि अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सांसदहरू सहमत

हिंसा बढेपछि अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सांसदहरू सहमत

  • 377
    SHARES
  • हिंसा बढेपछि अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी विधेयकमा सांसदहरू सहमत

    वासिङटन । बन्दुक नियन्त्रण नहुँदा अमेरिकामा बढेको हिंसापछि बन्दुक नियन्त्रणसम्बन्धी ऐतिहासिक द्विपक्षीय विधेयकमा त्यहाँका सांसदहरूले सहमति जनाएका छन् ।

    images

    बफेलो र टेक्सासमा हालै भएका नरसंहारका घटनापछि बन्दुक नियन्त्रणसम्बन्धी बहुप्रतिक्षित द्विपक्षीय विधेयकमा सांसदहरूले सहमति जनाएका हुन् । बफेलो, न्यूयोर्क र टेक्सासमा हालै भएका गोली काण्डमा ३१ जना स्कूले बालबालिका मारिएका थिए ।

    मानसिक स्वास्थ्य एवम् विद्यालय सुरक्षा विधेयकले कानुनको पालना गर्ने बन्दुक मालिकहरूमाथि कुनै अङ्कुश नलगाएको तर अविवेकीरूपमा बन्दुक चलाउन सक्ने ठानिएका व्यक्तिहरूबाट बन्दुक फिर्ता लिने व्यवस्था गरेको छ ।

    विधेयकमा सहमति भएसँगै लामो समयदेखि बन्दुक हिंसाबाट पीडित अमेरिकामा केही राहत हुने अपेक्षा छ । अमेरिकाको वासिङटन डिसी, शिकागो, लस एन्जलस, डेट्रोइट र न्यु अर्लिन्समा बन्दुकबाट हिंसा धेरै हुने गरेको थियो । यो विधेयकमा सहमति जुटेपछि अब ती ठाउँमा नरसंहार नहुने आशा गरिएको छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology