Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

इसीडी शिक्षकलाई फरक–फरक तलब र समय

इसीडी शिक्षकलाई फरक–फरक तलब र समय

  • 10.7K
    SHARES
  • इसीडी शिक्षकलाई फरक–फरक तलब र समय

    काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकाले बिहान दश बजेदेखि दिउँसो तीन बजेसम्म विद्यालयमा रहनुपर्ने गरी समयसीमा तोकेको प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) ले बताएका छन् । मासिक न्यूनतम तलब १५ हजार रूपैयाँ दिने निर्णय पनि गाउँपालिकाले गरेको इसीडी शिक्षकको भनाइ छ ।

    images

    इसीडी शिक्षक पवित्रा महतराले भनिन्, ‘पातारासी गाउँपालिकाले १५ हजार रूपैयाँ तलबमा इसीडी शिक्षकलाई बिहान दश बजेदेखि दिउँसो तीन बजेसम्मको समय तोकिएको छ ।’ अब इसीडी शिक्षक बिहान दश बजेदेखि दिउँसो तीन बजेसम्म विद्यालयमा बस्नुपर्ने छ ।

    शिक्षकलाई न्यूनतम तलब १५ हजार रूपैयाँ दिएपछि पालिकाले चार बजेसम्म विद्यालयमा बस्नुपर्ने नियम बनाएको छ । तर सबै पालिकामा यो नियम लागू हुन सकेको छैन । त्यसको मुख्य कारण तोकिएको पारिश्रमिक दिन नसक्नु हो ।

    संघीय सरकारले चालु आर्थिक वर्षमा तोकेको तलब आठ हजार रूपैयाँ मात्रै पाउँदा इसीडी शिक्षक विद्यालयमा दुई बजेसम्म बस्ने गरेका छन् ।

    न्यून पारिश्रमिकमा विद्यालयमा चार बजेसम्म बस्नुपरेको इसीडी शिक्षकको गुनासो छ । भूमा खत्री भन्छिन्,‘पालिकाले १५ हजार रूपैयाँ तलब दिएको छ । विद्यालयमा चार बजेसम्म बस्नुपर्छ ।’ राधा गौतमले पनि विद्यालयमा चार बजेसम्म बस्नुपरेको बताइन् ।

    स्मृति लुइँटेलले सात हजार रूपैयाँ तलब पाउने गरेको बताउँदै विद्यालयमा साढे तीन बजेसम्म बस्ने गरेको बताइन् । त्यसैगरी इसीडी शिक्षक निर्मला अधिकारी भन्छिन्, ‘२:३० पछाडि बिदा नदिने हेड सरलाई के भन्ने ?’

    इसीडी शिक्षक छुनु परियारले आठ हजार तलबमा विद्यालयमा चार बजेसम्म बस्नुपरेको बताइन् । उनले भनिन्, ‘खिजीदेम्बामा त ४ बजेसम्म राखिन्छ । ८००० हजार रूपैयाँ दिएका छन् ।’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology