Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई एक महिना जेल 

निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई एक महिना जेल 

  • 1.4K
    SHARES
  • निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई एक महिना जेल 

    बुटवल । रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गर्ने तीन जनालाई एक महिनाको जेल सजाय तोकिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार निषेधाज्ञा उल्लंघन गर्ने ८ जनालाई कैद सजाय गरेकोमध्ये पाँच जना जरिवाना तिरेर छुटेका छन्, भने तीन जनाले जरिवाना बुझाउन नसकेपछि जेल चलान भएका हुन् । 

    कोरोना भाइरसको महामारी बढेपछि रुपन्देही जिल्ला प्रशासनले बैशाख ३० सम्म लागू हुने गरी बिहीबारदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा उल्लंघन गर्ने ती व्यक्तिहरुलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारबाही गरिएको प्रहरीले जनाएको छ । 

    प्रहरीले निषेधाज्ञा उल्लंघन गर्ने अन्य सात पुरुष र एक महिलालाई कैद सजाय माग गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाएको बताएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij