काठमाडौं । सत्तारुढ गठबन्धनका दलबीच संसद्मा विचाराधीन नागरिकता विधेयकलाई अघि बढाउने सहमति जुटेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठकले यस्तो सहमति जुटाएको हो।
‘नागरिकता विधयेकलाई टुंगोमा पुर्याउन अघि बढाउने निर्णय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने। बैठकमा शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउने विषयमा बैठकमा छलफल भएको थियो।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology