Logo

२०७९, आषाढ २१ गते मंगलवार

२०७९, आषाढ २१ गते मंगलवार

एन्फा विदेश विभाग प्रमुखमा पाण्डे नियुक्त

एन्फा विदेश विभाग प्रमुखमा पाण्डे नियुक्त

  • आषाढ ८, २०७९ बुधवार २०:५७ बजे
  • 84
    SHARES
  • एन्फा विदेश विभाग प्रमुखमा पाण्डे नियुक्त

    काठमाडौं । नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्वाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको पहिलो बैठकले विदेश विभाग प्रमुख नियुक्त गरेको छ । 

    बुधबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको एन्फाको यस कार्यसमिति बैठकले महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशीसँगै विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेको हो । 

    सोमबार भएको एन्फाको चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology