Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

राष्ट्रिय टिम बाहिर रहेका दश खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय

राष्ट्रिय टिम बाहिर रहेका दश खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय

  • आषाढ ८, २०७९ बुधवार २१:५२ बजे
  • 365
    SHARES
  • राष्ट्रिय टिम बाहिर रहेका दश खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय

    काठमाडौं । नवनिर्वाचित अध्यक्ष पंकजबिक्रम नेम्बाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षकसँग विवादपछी टिम बाहिर रहेका दश खेलाडीलाई टिममा फिर्ता बोलाउने निर्णय गरेको छ ।

    images

    बुधबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको एन्फाको कार्यसमिति बैठकले खेलाडीलाई टिममा सहभागी गराउने तथा प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरि कार्यन्वन गर्न सचिवालयलाई निर्देशन दिएको छ । 

    ‘राष्ट्रिय टिमका फुटबल खेलाडी र प्रशिक्षकबीचको विवाद पछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीहरुको हकमा राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरियो । र प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरि कार्यन्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ   । 

    गत महिना मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण कप्तान किरण कुमार लिम्बू, रोहित चन्द लगायत १० खेलाडी टिम बाहिर छन् ।

    Avatar


    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology