Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

अलिबाबाकी कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने ग्राहकलाई १८ महिना जेल

अलिबाबाकी कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने ग्राहकलाई १८ महिना जेल

  • 454
    SHARES
  • अलिबाबाकी कर्मचारीलाई यौन दुर्व्यवहार गर्ने ग्राहकलाई १८ महिना जेल

    एजेन्सी, बेइजिङ । यौन दुर्व्यवहारको अभियोगमा चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका एक ग्राहकलाई १८ महिनाको जेल सजाय सुनाइएको छ । ती ग्राहकले कम्पनीका एक महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेका थिए ।

    images

    पूर्वी सहर जिनानको अदालतले उक्त सजाय सुनाएको हो ।  महिलालाई आक्रमण गर्नुअघि रक्सी पिउन बाध्य पारेको फैसलामा उल्लेख छ । 

    ती महिलाले आफ्नो आरोप सार्वजनिक गरेपछि अलिबाबाले उनलाई बर्खास्त गरेको थियो । उनीमाथि भएको यौन दुर्व्यवहारको घटना चिनियाँ सञ्चार माध्यममा छाएको थियो । उनीमाथिको दुर्व्यवहार चिनियाँ महिलाहरूले कार्यस्थलमा भोग्नुपरेको उत्पीडनलाई उजागर गरेको छ । फैसलाको ग्राहकले अपील गर्ने बताएका छन् । चीनमा धेरैजसो यौनदुर्व्यवहारका मुद्दाहरू अदालतमा पुग्दैनन् ।

    अलिबाबाका कर्मचारीले गत अगस्टमा कम्पनीले कारबाही गर्न असफल भएको सार्वजनिक रुपमा गुनासो गरेकी थिइन् । उनले सोही यात्रामा एकजना वरिष्ठ सहकर्मीलाई पनि बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि उनलाई बर्खास्त गरियो, तर पछि उनीविरुद्धको फौजदारी मुद्दा खारेज गरिएको थियो । 

    डिसेम्बरमा यी महिलालाई अलिबाबाले बर्खास्त गरेको थियो । उनले झूटा कुराहरू फैलाए कम्पनीको प्रतिष्ठालाई हानि पु¥याएको उनको बर्खास्तगी पत्रमा उल्लेख थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology