Logo

२०७९, आषाढ २१ गते मंगलवार

२०७९, आषाढ २१ गते मंगलवार

नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर 

नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर 

  • 295
    SHARES
  • नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने शिक्षकविरुद्ध मुद्दा दायर 

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय अर्घाखाँचीको निम्न माध्यमिक तहमा कार्यरत अस्थायी शिक्षक हुमलाल पौडेलमाथि शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    अख्तियारले मंगलबार विज्ञप्ति जारी गर्दै अस्थायी शिक्षक पौडेलले शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाई ल्याएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज तत्कालीन शिक्षक पौडेलले झुट्टा प्रमाणपत्र पेस गरी जागिर खाएको खुल्न आएको जनाएको छ ।

    अख्तियारले राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्याउने गरी शिक्षक नियुक्ति हुँदा गोरखपुर विश्वविद्यालय भारतबाट प्राप्त गरेको भनी पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको देखिएकाले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

    जिल्ला अर्घाखाँची, नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, ठूलापोखरामा कार्यरत तत्कालीन निम्न माध्यमिक अस्थायी शिक्षक हुमलाल पौडेलउपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर ।

    प्रेस विज्ञप्ति:- मिति २०७९।०३।०८ गते ।
    ----------------------------------------------------

    जिल्ला अर्घाखाँची, नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय, ठूलापोखरामा कार्यरत निम्न माध्यमिक अस्थायी शिक्षक हुमलाल पौडेलले शैक्षिक योग्यताको प्रमाणपत्र भारतबाट नक्कली बनाई ल्याएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज तत्कालीन शिक्षक हुमलाल पौडेलले झुट्टा प्रमाणपत्र पेश गरी राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाइदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने गरी निजले नियुक्ति हुँदा गोरखपुर विश्वविद्यालय भारतबाट प्राप्त गरेको भनी पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित हुन आएको हुँदा निजले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेकोले निज हुमलाल पौडेललाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


    प्रवक्ता
    श्याम प्रसाद भण्डारी

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology