Logo

२०७९, आषाढ २१ गते मंगलवार

२०७९, आषाढ २१ गते मंगलवार

खोटेहाङ गाउँपालिकाकाे बजेट प्रस्तुत

खोटेहाङ गाउँपालिकाकाे बजेट प्रस्तुत

  • 74
    SHARES
  • खोटेहाङ गाउँपालिकाकाे बजेट प्रस्तुत

    खोटाङ । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि ५५ करोड ४३ लाख ९३ हजार १२० बजेट प्रस्तुत गरेको छ । ९ वडा रहेको उक्त गाउँपालिकाले बुधबार चालुतर्फ १० करोड ६ लाख ५५ हजार ५६०, पूँजीगततर्फ ११ करोड ४६ लाख ३२ हजार ५६० बजेट प्रस्तुत गरेको हो ।

    सशर्त अनुदानमा २८ करोड १००, विशेष अनुदानमा २ करोड ५० लाख, समपूरक अनुदानमा १ करोड ७० लाख बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपप्रमुख रुपेश राईले बजेट प्रस्तुत गरेका हुन् ।

    यस्तै हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आज नगर-गाउँसभा गर्ने जनाएको छ । केपिलासगढी गाउँपालिकाले शनिबार गाउँसभा गर्ने गाउँपालिका प्रमुख समिर राईले बताए ।

    जिल्लाका अन्य ७ स्थानीय तहले शुक्रबार एकैदिन गाउँ तथा नगरसभा गर्ने तयारी छ । पूर्वी पहाडी जिल्ला खोटाङमा २ नगरपालिका र ८ गाउँपालिका रहेका छ । अर्थ मन्त्रालयबाट आव २०७९/८० का लागि जिल्लाका १० स्थानीय तहलाई साढे तीन अर्बभन्दा बढी बजेट प्राप्त भएको छ ।

    मन्त्रालयले दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी ३ अर्ब ६२ करोड १ लाख बजेट उपलब्ध गराएको हो ।

    जिल्लाको सबैभन्दा बढी दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ६५ करोड १५ लाख र सबैभन्दा कम बराहपोखरी गाउँपालिकाले २४ करोड २४ लाख बजेट प्राप्त गरेको छ।

    हलेसी तुवाचुङ नगरपालिकाले ४९ करोड ६ लाख, ऐसेलुखर्क गाउँपालिकाले ३२ करोड ४९ लाख, केपिलासगढी गाउँपालिकाले २५ करोड ८६ लाख, खोटेहाङ गाउँपालिकाले ४३ करोड १ लाख बजेट पाएका छन् ।

    यस्तै जन्तेढुंगा गाउँपालिकाले २९ करोड ९५ लाख, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ३७ करोड ९२ लाख, साकेला गाउँपालिकाले २५ करोड ६० लाख र रावाबेँसी गाउँपालिकाले २८ करोड ७३ लाख बजेट प्राप्त गरेको अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

    अर्थ मन्त्रालयले गत वर्ष १० स्थानीय तहका लागि ३ अर्ब ५७ करोड ६४ लाख बजेट उपलब्ध गराएको थियो । गत वर्षको तुलनामा यस वर्ष खोटाङका १० स्थानीय तहका लागि ६ लाखमात्र बजेट बढेर आएको पाइएको छ । स्थानीय तहमा आएको बजेट वृद्धि नहुनुमा जिल्लाबाट निर्वाचित संघीय सांसदको कमजोरी रहेको जिल्लावासीको आरोप छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology