Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

लेखापालका यी माग पूरा गर्न सुन्दरबजारका नगरप्रमुखलाई ज्ञापनपत्र

लेखापालका यी माग पूरा गर्न सुन्दरबजारका नगरप्रमुखलाई ज्ञापनपत्र

  • 2.6K
    SHARES
  • लेखापालका यी माग पूरा गर्न सुन्दरबजारका नगरप्रमुखलाई ज्ञापनपत्र

    काठमाडौं । लम्जुङको सुन्दरबजार नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहायक (लेखापाल) ले चार बुँदे माग राख्दै नगरपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

    images

    उनीहरूले तालिमको व्यवस्था हुनुपर्ने, तलबभत्ता वृद्धि गरी उपलब्ध गराउनुपर्ने र आगामी आर्थिक वर्ष २०७९/८० मा राष्ट्रसेवक कर्मचारीका लागि बढाइएको १५ प्रतिशत तलब पनि उपलब्ध गराउनुपर्ने माग गर्दै बुधबार नगरप्रमुख कृष्णप्रसाद कोइरालालाई ज्ञापनपत्र बुझाएका हुन् ।

    ज्ञापनपत्रमा भनिएको छ, ‘सुन्दरबजार नगरपालिकाभित्रका लेखापालहरूका लागि आवश्यक लेखा तालिमको व्यवस्था गराइयोस्, हामी विद्यालय कर्मचारीहरूलाई राष्ट्रसेवक कर्मचारीहरू सरह मासिक रू २००० महंगी भत्ता उपलब्ध गराइयोस्, आर्थिक वर्ष २०७९/०८० को बजेटमा राष्ट्रसेवक कर्मचारी शिक्षक सबैको तलब भत्ता वृद्धि भएकोमा हामी लेखा कर्मचारीको पनि १५ प्रतिशतले वृद्धि गरि तलब भत्ता उपलब्ध गराइयोस् र आर्थिक वर्ष २०७८/०७९ को बजेटमा संघीय सरकारद्वारा लेखापालको तलब रू १३,५०० र स्थानीय सरकारबाट रू ७००० हजार थप गरि रू २०, ५०० उपलब्ध गराउनुपर्नेमा जम्मा रू १५००० हजार मात्र उपलब्ध भएकोमा यस सम्बन्धित निकायले विचार पुर्याइयोस् ।’

    289768860_1861484480719548_6908451593575008242_n.jpg

  • सम्बन्धित विषय:

  • # लेखापाल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology