Logo

२०७९, आषाढ २१ गते मंगलवार

२०७९, आषाढ २१ गते मंगलवार

जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या

जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या

  • 87
    SHARES
  • जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या

    वीरगञ्ज । मधेश प्रदेश र बाग्मती प्रदेशका १० जिल्ला कार्यक्षेत्र रहेको वीरगञ्जस्थित वाणिज्य तथा उपभोक्ता संरक्षण कार्यालयमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।

    कार्यालयमा हाल ११ जना कर्मचारी हुँदा सेवाप्रवाहमा समस्या हुँदै आएको कार्यालयका निमित्त कार्यालय प्रमुख नोमनाथप्रसाद यादवले बताए ।

    उक्त कार्यालयको कार्य क्षेत्र बाग्मती प्रदेश अन्तर्गत चितवन, मकवानपुर र मधेश प्रदेश अन्तर्गत पर्सा, बारा, रौटहट, महोत्तरी, सिराहा, सप्तरी, धनुषा, सर्लाही पर्दछ ।

    उक्त कार्यालयको काम आयात निर्यातका लागि अनुमति प्रदान, व्यावसायिक प्रयोजनका फर्म दर्ता, नवीकरण, बजार अनुगमन, उपभोक्ता शिक्षा, उपभोक्ता जागरणलगायतका हुन् ।

    कार्य क्षेत्र ठूलो भएपनि कार्यालयमा कर्मचारी कम हुँदा सबै जिल्लामा पुगेर काम गर्न कठिन भएको कार्यालयका सूचना अधिकारी दिलीप खड्काले जानकारी दिए । कार्यालयले अहिले कर्मचारीको अभावका कारण सबै जिल्लामा पुगेर अनुगमन गर्न सकिएको छैन्।

    निमित्त कार्यालय प्रमुख यादवले भने, ‘कार्यालयमा सेवाग्राहीको चाप छ । अनि कुन समयमा पुगेर १० जिल्लामा अनुगमन गर्न सकिन्छ, जनशक्ति अभावमा काम गर्न कठीनाई छ।’

    हाल कार्यालयमा शाखा अधिकृत १, नायब सुब्बा २, खरिदार १, कम्प्युटर अपरेटर १, हलुका सवारी चालक १, कार्यालय सहयोगी २ र एक जना सरसफाइकर्मी रहेका छन् । सो कार्यालयमा एक उपसचिवको दरबन्दी भए पनि वर्षौदेखि उपसचिव बस्ने गरेका छैनन् ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग अन्तर्गत काठमाडौं बाहिर विराटनगर, वीरगञ्ज, नेपालगन्ज, धनगढी, र भैरहवामा मातहातका कार्यालय रहेका छन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology