Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

काठमाडौं महानगरका इसीडी शिक्षकले बुझाए मेयरदेखि वडा अध्यक्षसम्मलाई मागपत्र

काठमाडौं महानगरका इसीडी शिक्षकले बुझाए मेयरदेखि वडा अध्यक्षसम्मलाई मागपत्र

  • 1.2K
    SHARES
  • काठमाडौं महानगरका इसीडी शिक्षकले बुझाए मेयरदेखि वडा अध्यक्षसम्मलाई मागपत्र

    काठमाडौं । काठमाडौं महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) ले मेयर बोलेन्द्र साह (बालेन) र वडा अध्यक्षहरूलाई मागपत्र बुझाएका छन् ।

    images

    इसीडी शिक्षकले मंगलबार वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई मागपत्र बुझाए भने बुधबार मेयर साहलाई ।

    इसीडी शिक्षकले चालु आर्थिक वर्ष २०७८/७९ मा स्थानीय तहले दिनुपर्ने सात हजार रूपैयाँ दिनुपर्ने, आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारले राष्ट्रसेवक कर्मचारीको बढाएको १५ प्रतिशत तलब इसीडी शिक्षकमा पनि लागु हुनुपर्ने, महंगीभत्ता, दरबन्दी कायम गर्न पहल गर्नुपर्ने लगायतका माग गरेका छन् ।

    महानगरका इसीडी शिक्षकले बुधबार नै १२ र २३ नम्बर वडाका अध्यक्षलाई पनि मागपत्र बुझाए । १२ नम्बरका वडा अध्यक्ष बालकृष्ण महर्जन हुन् भने २३ नम्बर वडाका अध्यक्ष मचा राजा महर्जन हुन् । मेयर साह र वडा अध्यक्षले माग पूरा गर्ने प्रतिबद्धता जनाएको इसीडी शिक्षक सुमित्रा स्थापितले जानकारी दिइन् । 

    इसीडी शिक्षकले बुझाए कामपा वडा नम्बर १६ का अध्यक्ष रिजाललाई ४ बुँदे निवेदन इसीडी शिक्षकले बुझाए कामपा वडा नम्बर १६ का अध्यक्ष रिजाललाई ४ बुँदे निवेदन

    इसीडी शिक्षकले बुझाए मेयर बालेन साहलाई ध्यानाकर्षण पत्र इसीडी शिक्षकले बुझाए मेयर बालेन साहलाई ध्यानाकर्षण पत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology