Logo

२०७९, आषाढ २१ गते मंगलवार

२०७९, आषाढ २१ गते मंगलवार

बाढीपिडितले अझै पाएनन् पुनःनिर्माण अनुदान

बाढीपिडितले अझै पाएनन् पुनःनिर्माण अनुदान

  • 72
    SHARES
  • बाढीपिडितले अझै पाएनन्  पुनःनिर्माण अनुदान

    बाग्लुङ । तीन वर्ष पहिले वर्षाको समयमा बाढीपहिरोको चपेटमा परेको बाग्लुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराका तीलक थापाको घर खण्डहरमा परिणत भयो ।

    भीषण वर्षापछि घरपछाडिको जमिन भत्किएर उनको घर भत्काइदिएको थियो । थापाको परिवार अहिले पनि छिमेकीको घरमा बस्दै आएका छन् ।

    सरकारले बाढीपहिरोबाट भत्केका घरको पुनःनिर्माणका लागि अनुदान दिने भन्ने खबर पाएपछि थापाले आवश्यक कागजात तयार गरेर नगरपालिकामा बुझाए । कागजात बुझाएको दुई वर्ष बित्न लाग्दासमेत उनले अनुदान पाउने प्रक्रिया सुरु नभएको बताए ।

    थापा मात्रै होइन् बाग्लुङ जिल्लाका ६३२ बाढीपहिरो पीडितले अझै पनि पुनःनिर्माणका लागि अनुदान पाएका छैनन् । सूचीकृत भएका पीडितको कार्यविधि अनुसारको प्रक्रिया नपुगेका कारण उनीहरूले अनुदान रकम पाउन नसकेका हुन् ।

    सरकारले संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा पहाडी क्षेत्रका लागि बाढीपहिरोका कारण पूर्ण क्षति भएका घरका लागि ४ लाख अनुदान दिने विधि तयार गरेको छ ।

    मनसुनजन्य विपत् प्रभावित पुनःनिर्माण पुनःस्थापना कार्यक्रम अन्तर्गत संघीय सरकारको ६०, प्रदेश सरकारको ३० र स्थानीय सरकारको १० प्रतिशत सहभागीतामा मात्रै अनुदान दिने व्यवस्था छ ।

    उक्त विधिअनुसार स्थानीय तहले प्रक्रिया पुर्‍याउन नसक्दा अनुदान उपलव्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालय बाग्लुङले जनाएको छ । पीडितमध्ये हालसम्म बाग्लुङ नगरपालिकाका २१ र बडिगाड गाउँपालिकाका १४ जनाले अनुदानबापतको पहिलो किस्ताको रकम पाएका छन् ।

    जैमिनी नगरपालिकाका ६० मध्ये ३० परिवारको पहिलो किस्ताको रकम दिने प्रकृया सुरु भएको छ भने बाँकी ३० जनाको कागजात पुगेको छैन् । पीडितले अनुदान पाउनका लागि स्थानीय तहले कागजात पूरा गरेर जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्छ ।

    जिल्ला प्रशासनले प्रमाणित गरेपछि मोबाइल एपमा प्रविष्ट हुनुपर्ने व्यवस्था रहेको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तेजराज गौतमले बताए । ‘धेरैको कागजात पुगेको छैन, कागजात पुगेकाहरूको पनि मोबाइल एपमा प्रविष्ट भएको पाइएन्’, उनले भने, ‘हालसम्म ४८० जनाको मात्र मोबाइल एपमा प्रविष्ट भएको छ ।’

    स्थानीय तहले आवश्यक प्रक्रिया पुरा नगरिदिँदा पीडितले राहत पाउनबाट वञ्चित भएको गुनासो गर्न थालेका छन् । बाग्लुङका १० वटै स्थानीय तहमा बाढीपहिरो प्रभावित भएपनि अहिलेसम्म राहत नपाएको पाइएको हो ।

    मनसुनजन्य विपत् प्रभावित पुनःनिर्माण पुनःस्थापना कार्यक्रम पीडितले पाउने रकम भने जिल्ला प्रशासन कार्यालयमा पठाइसकेको जनाइएको छ । जिल्लाको सबैभन्दा बढी पीडित ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र जैमिनी नगरपालिकामा रहेका छन् ।

    ढोरपाटन नगरपालिकाका ७० घरको कागजात पुगेर प्रमाणित भएको छ । निसीखोलामा ३० घरको प्रमाणित भए पनि ४ घर बाँकी छन् । काठेखोला र तमानखोलालले भने कागजातनै पठाएका छैनन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology