Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सांसदहरूले गरे नागरिकता विधेयक, विपद् व्यवस्थापन र मूल्यवृद्धिबारे सरकारलाई प्रश्न

सांसदहरूले गरे नागरिकता विधेयक, विपद् व्यवस्थापन र मूल्यवृद्धिबारे सरकारलाई प्रश्न

  • 372
    SHARES
  • सांसदहरूले गरे नागरिकता विधेयक, विपद् व्यवस्थापन र मूल्यवृद्धिबारे सरकारलाई प्रश्न

    काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले मूल्यवृद्धि, लामो समयदेखि संसद्मा अड्किएर बसेको नागरिकता विधेयक र विपद् व्यवस्थापनका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images

    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनीहरूले नागरिकसँग प्रत्येक्ष जोडिएका ती विषयमा जनधनको सुरक्षा तथा सहज जीवनयापनका लागि उचित कदम चाल्न सभामुखमार्फत सरकारसँग आग्रह गरेका हुन् ।

    उनीहरूले राजधानी काठमाडौंमा हैजाका बिरामी देखिएको बताउँदै उचित तवरबाट फोहर व्यवस्थापन गर्नसमेत माग गरे । शून्य समयमा सांसद लालप्रसाद साँवा लिम्बूले विपद् व्यवस्थापन र आपतकालीन उद्धारको पूर्व तयारी कार्यलाइ चुस्त पार्न ध्यानाकर्षण गराए ।

    सांसद लालबाबु पण्डितले २ लाख ५० हजार युवा नागरिकताविहीन भएर पहिचानको खोजीमा रहेको बताए । उनले नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गरी नागरिकता वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।

    उनले संघीय निजामती विधेयक फिर्ता गर्नु संघीयताको मर्म विपरीत भएकाले राज्य व्यवस्थाबाट पारित भएको उक्त विधेयकलाई संसद्मा ल्याई पारित गर्न आग्रह गरे ।

    सांसद विनाकुमारी श्रेष्ठले कोही पनि नेपाली नागरिकता लिनबाट वञ्चित नहोस् र कोही पनि विदेशीले नागरिकता नपाओस् भन्नेतर्फ सचेत हुन आग्रह गरिन् । उनले भनिन्, ‘नेपाली छोराछोरी अनागरिक भएर बस्नुपर्ने कहिलेसम्म ।’

    उनले थपिनन्, ‘नागरिकता नहुँदा बैंक खाता खोल्न पाएका छैनन्, विदेशमा पढ्न जान पाएका छैनन्, विदेशमा काम गर्न जान पाएका छैनन्, वास्तविक नेपाली नागरिकताबाट वञ्चित हुन नपरोस्, छिटो व्यवस्थापन होस् ।’

    संसद विशाल भट्टराईले मध्यपहाडी पुष्पलाल लोकमार्गलगायतका सडक सुस्तगतिमा काम भएको भन्दै छिटो अघि बढाउन आग्रह गरे । सांसद सत्या पहाडीले जाजरकोटलगायत केही स्थानीय पालिकामा बैंकका शाखा नखुल्दा सामाजिक सुरक्षा भत्तासमेत प्राप्त गर्न नसकेको बताए ।

    सांसद सरिता न्यौपानेले उपत्यकाको फोहरमैला व्यवस्थापनमा जोड दिए । सांसद विनादेवी बुढाथोकीले काठमाडौंमा हैजाका बिरामी देखिएको भन्दै फोहर व्यवस्थापन गर्न आग्रह गरिन् ।

    सांसद लक्ष्मीकुमारी चौधरीले मूल्यवृद्धिले हातमुख जोर्न धौधौ भइरहेका बेला रुस र युक्रेनको युद्धलाई दोष थोपरेर पन्छिन नपाउने बताइन् । उनले नागकिरता विधेयक छिटो सदनमा ल्याउन माग गरिन् ।

    सांसद लक्ष्मी परियारले बाढीपहिरो बढ्दो क्रममा रहेकाले विपद् व्यवस्थापनको पूर्वतयारीमा जुटेर नागरिकलाई सरकार भएको अनुभूति दिलाउन अनुरोध गरिन् ।

    सांसद हीरा गुरुङले महंगीले ढाड सेकिसक्यो, नागरिकलाई सास्ती कति दिने हो भनेर प्रश्न गरिन् । उनले बजारमा मनोमानी दरभाउ बढ्दो रहँदा पनि सरकार मौन बसेको आरोपसमेत लगाइन् ।

    शून्य समयमा सांसदहरू समिना हुसेन, लालबहादुर थापा, विन्दा पाण्डे, सीताराम महतो, विमला विश्वकर्मा, शरिताकुमारी गिरी, सत्यनारायण शर्मा खनाल, सूर्यनारायण यादव र सञ्जयकुमार गौतमलगायतले धारणा राखेका थिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology