Logo

२०७९, आषाढ २१ गते मंगलवार

२०७९, आषाढ २१ गते मंगलवार

बालविकास कक्षा अंग्रेजी माध्यमबाट सञ्चालन गरिने

बालविकास कक्षा अंग्रेजी माध्यमबाट सञ्चालन गरिने

  • 2.7K
    SHARES
  • बालविकास कक्षा अंग्रेजी माध्यमबाट सञ्चालन गरिने

    काठमाडौं । स्थानीय तह निर्वाचनमा घोषणा गरे अनुसार सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिकाका जनप्रतिनिधिले बालविकास कक्षा अंग्रेजी माध्यमबाट सुरु गर्ने भएका छन् ।  

    गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्तालाई तालिम दिएर अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्न लागेको जनाएको छ । 

    प्रारम्भिक चरणदेखि नै विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्न लागिएको चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए । 

    उनले वेबटिभी खबरसँग भने, ‘बालविकास सहजकर्तालाई तालिम दिन्छौं । अंग्रेजी माध्यमबाट बालविकास कक्षा चलाउँछौं ।’ 

    अध्यक्ष यादवले इसीडी शिक्षकलाई संघीय सरकारले तोके बमोजिमको न्यूनतम पारिश्रमिक दिएको जानकारी दिँदै आवश्यकता अनुसार थप सेवासुविधा वृद्धि गरिने बताए ।  

    जनप्रतिनिधिले गाउँपालिकाअन्तर्गतको श्री जनता माध्यमिक विद्यालय औरहीका बालबालिकालाई अंग्रेजी भाषाका पाठ्यपुस्तक वितरण गरेका छन् । 

    chakraghantta.png

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology