Logo

२०७९, आषाढ २१ गते मंगलवार

२०७९, आषाढ २१ गते मंगलवार

महंगीको मारमा किसान

महंगीको मारमा किसान

  • 72
    SHARES
  • महंगीको मारमा किसान

    कैलाली । यतिबेला खेतमा व्यस्त हुने कैलालीका किसान रासायनिक मलको अभाव, पर्याप्त वर्षा तथा सिँचाइको व्यवस्था नहुँदा र खेत जोत्नका लागि इन्धनको सहज आपूर्ति हुन नसक्दा फुर्सदिला भएका छन् ।

    पछिल्लो समय परम्परागतरूपमा गरिँदै आएको कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यले अधिकांश किसानसँग खेत जोत्नको लागि पावरटिलर छ ।

    अहिले उक्त उपकरणका लागि चाहिँने डिजेलमा भएको अस्वभाविक मूल्य वृद्धिका कारण अपेक्षाअनुसार खेती गर्न नसक्ने अवस्थामा पुगेको किसानले बताएका हुन् ।

    कैलालीको टीकापुर नगरपालिका-३ का रतिराम विश्वकर्माले गतवर्ष यतिबेला तीन बिघा खेतमा धान रोपिसकेको बताए । यसपटक भने भरखरै सिँचाइको पानी खेतसम्म पुगेपनि रासायनिक मल र डिजेलमा भएको अस्वभाविक मूल्य वृद्धिका कारण धान रोप्ने नसकेको उनले जानकारी दिए ।

    ‘खेती नलगाए के खाने भन्ने पिर छ तर खेती लगाउनलाई अहिलेको महंगीको सामना गर्ने सामथ्र्य छैन ।’ रतिरामले भने, ‘भोलिका दिनमा बजारमा आउने वस्तुको मूल्य अहिलेको मूल्यको आधारमा निर्धारण भए त ठिकै छ, होइन भने किसानलाई कृषिबाट आत्मनिर्भर हुने अवस्था निकै कम हुँदै गएको छ ।’

    कैलालीको भजनी नगरपालिका-५ का सन्तराम चौधरीले खेत जोत्नका लागि पावरटिलर भएपनि डिज्लको मूल्य बढ्दै जाँदा पावरमिटर छोडेर पुरानै हल गोरुले खेत जोत्न लागेको बताए ।

    ‘डिजेलको मूल्य छोइनसक्नु गरी बढ्यो । अहिले यति महंगोमा डिजेल खरिद गरेर भोलि त्यसबाट लागत नै उठ्ने हो होइन भन्ने एकीन छैन । उत्पादनभन्दा महंगो लागत हुने भएपछि पुरानै शैलीमा खेती गर्नुको विकल्प छैन ।’ सन्तरामले भने, ‘जति सकिन्छ रोप्छौं । नसकिए बाँझै छोड्छौं । आम्दानीभन्दा खर्च बढी गरेर मात्रै के गर्नु ?’

    किसानलाई सरकारले डिजेललगायत अन्यवस्तु सहुलियतमा उपलब्ध गराए मात्र किसानलाई कृषिमा आकर्षण गराउन सकिने भजनी नगरपालिका-१ का सञ्जय चौधरी बताए ।

    ठूलो लागत लगाएर गरेर खेती प्राकृतिक विपत्तिबाट क्षति भएको अवस्थामा सरकारले त्यसको ग्यारेन्टी लिनुपर्ने, किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण बजारको महंगीलाई हेरेर गर्नुपर्नेमा उनको भनाइ छ ।

    टीकापुरका किसान शिव थापाले रासायनिक मलको विकल्पमा गड्यौला मल प्रयोग गरी धान रोपेका छन् । परम्परागत प्राविधि प्रयोग गरेर खेती गरे पनि सामान्य कृषि गरेर जीविका चलाउने अन्य किसानले अहिलेको महंगीको सामना गरेर खेती गर्ने अवस्था नरहेको उनले जानकारी दिए ।

    ‘एक लिटर डिजेलले एक कठ्ठा जमिन जोत्न सकिने अवस्था छैन । एक लिटर डिजेलको करिब दुई सय पर्छ । सबैसँग आफ्नै साधन छ, भन्ने छैन । भाडामा साधन लिएर खेत जोत्दा ५ हजारमा हुने काम आज १० हजार लाग्ने गरेको छ ।’ थापाले भने ।

    ‘हुने उत्पादन उस्तै हो । आज विगतमा खेती गर्दाभन्दा लागत दोब्बर भएको छ । भोलि के किसानलाई उत्पादन भएको वस्तुको मूल्य त्यसैअनुसार निर्धारण गरिएला त ?’

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology