Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बालेन साहले एनआरएनएलाई भने– विश्वभर ‘कुकुर तिहार’ मनाउन पहल गर्नुहाेस्

बालेन साहले एनआरएनएलाई भने– विश्वभर ‘कुकुर तिहार’ मनाउन पहल गर्नुहाेस्

  • 349
    SHARES
  • बालेन साहले एनआरएनएलाई भने– विश्वभर ‘कुकुर तिहार’ मनाउन पहल गर्नुहाेस्

    काठमाडौं । गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डल र काठमाडौं महानगरपालिका मेयर बालेन साहबीच भेटवार्ता भएको छ ।

    मेयर कक्षमा भएको भेटघाटको क्रममा संघले महानगरपालिकासँग सहकार्य गरि महानगरपालिकाको स्तरउन्नती, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    संघका कार्यकारी अध्यक्ष कुल आचार्यले ललितपुर महानगरपालिकाको समन्वयमा ललितपुरको शंखमुल पार्क बनाएको पनि स्मरण गराएका थिए ।

    त्यस्तै गत वर्ष नै टेण्डर आब्हान गरि बनाउन लागेको सार्वजानिक शौचालय कलंकी सडक विस्तारले जग्गा अधिग्रहण भएपछि स्थगित भएको र यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा दुईवटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निमित्त काठमाडौं महानगरपालिकालाई आग्रह गरे ।

    संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले काठमाडौं सिटीलाई ‘स्मार्ट सिटी’ बनाउन सहकार्य र समन्वय गर्न गैरआवसीय नेपाली संघ हरदम तयार रहेको बताए । भेटको क्रममा मेयर साहले काठमाडौंको कला–संस्कृति, सम्पदालाई विश्व सञ्जालमा चिनाउनको निमित्त संघलाई आग्रह गरेका थिए ।

    त्यस्तै ‘कुकुर तिहार’ लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न पनि उनले आग्रह गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij