Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

जितपुरको प्रसूति गृहमा आवश्यक उपकरण नहुँदा समस्यामा गर्भवती महिला

जितपुरको प्रसूति गृहमा आवश्यक उपकरण नहुँदा समस्यामा गर्भवती महिला

  • 438
    SHARES
  • जितपुरको प्रसूति गृहमा आवश्यक उपकरण नहुँदा समस्यामा गर्भवती महिला

    काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुरमा सञ्चालित प्रसूति गृहमा गर्भवती महिलाहरूको लागि सामान्य सुविधाको व्यवस्था नहुँदा विपन्न समुदायका महिलाहरू चर्को शुल्क तिरेर निजी क्लिनिक जान बाध्य छन् ।

    प्रसूति गृहमा गर्भवती र सुत्केरी सेवा लिन जाने महिलाहरूको लागि शय्या, भिडियो एक्सरे तथा रगत तथ दिशा पिसाब परीक्षणको लागि आवश्यक ल्याबकोसमेत व्यवस्था छैन ।

    त्यसैगरी प्रसूति गृहमा भ्याकुम डेलिभरीको सामान्य सुविधाको अभाव रहेको र गर्भवती महिलाहरूको लागि आराम गर्ने, बस्ने प्रतिक्षालयकोसमेत अभाव छ ।

    जितपुरकी फातिमा खातुनले गर्भवती महिलाहरूको निदान गर्न गृहमा भिडियो एक्सरेको सुविधा नहुँदा वीरगन्ज धाउनुपर्ने अवस्था रहेको बताइन् ।

    प्रसूति गृहमा दैनिक २५ जनाभन्दा बढी गर्भवती महिलाहरू स्वास्थ्य परीक्षण गराउन आउने गरेको स्वास्थ्यकर्मी मनिषाकुमारी चौधरीले जानकारी दिइन् ।

    घनावस्ती र पथलैया-वीरगन्ज औद्योगिक करिडोरको मध्ये भागमा पर्ने सो प्रसूति गृहमा जितपुरसिमरा उपमहानगरपालिका तथा पर्साको पर्सागढी र वीरगन्ज महानगरपालिकाका केही वडाका गर्भवती महिलाहरूसमेत प्रसूति सेवा लिन आउने गरेका छन् ।

    तर आवश्यक उपकरण र सेवा उपलब्ध नहुँदा स्थानीय महिलाहरूले महंगाे शुल्क तिरेर निजी अस्पतालमा परीक्षण गराउनुपर्ने बाध्यता रहेकाे जितपुरसिमरा उपमहानगरपालिका हरपुरकी सल्या खातुनले बताइन् ।

    गर्भवती सेवा लिन गत ५ फागुनमा जितपुरको प्रसूति गृह पुगेकी खातुनले तत्काल सेवा नपाउँदा पेटको बच्चा खेर गएको जानकारी बताइन् ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij