वेबटिभी खबर
काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकामा घरैपिच्छे खानेपानीको धारा जडान गरिएको छ ।
दोर्दी गाउँपालिकाले ५ वर्षको अवधिमा १ हजार ९७२ घरधुरीमा खानेपानीको सुविधा पुर्याएको हो ।
गाउँपालिकाले ०७४/०७५ सालदेखि हालसम्म ४१ वटा योजना निर्माण गरि १ हजार ९७२ घरधुरीलाई खानेपानीको व्यवस्था गरेको हो ।
गाउँपालिकाले खानेपानीको सुविधा नपुगेको र खानेपानीका लागि समस्या भएका ठाउँमा खानेपानीको योजना निर्माण गरिएको हो ।
गाउँपालिकाका नागरिकको आवश्यकतालाई मध्येनजर गरि काम गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए ।
यसअघि घण्टौ लागेर पानी बोक्नुपर्ने दोर्दीका नागरिक अहिले घरमै धारा आएपछि खुसी भएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij