Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ : विरोध खतिवडा

बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ : विरोध खतिवडा

  • 385
    SHARES
  • बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ : विरोध खतिवडा

    काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका विरोध खतिवडाले राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्री पद छाड्ने बताएका छन् ।

    पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले राष्ट्रिय सभाबाट बजेट पारित भएपछि स्वतः आफूहरु मन्त्रीबाट हट्ने प्रतिक्रिया दिएका हुन् ।

    यसबारे बैठकलाई लिखित जानकारी गराइसकेको उनले बताए । उनले भने, ‘राष्ट्रिय सभाबाट बजेट पारित भएपछि स्वतः मन्त्री छाड्छौँ । पार्टीको निर्णय मान्छौँ । मन्त्री पद शतप्रतिशत छाड्छौँ ।’
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij